समाचार
युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी कार्यक्रम
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा युवा मैत्री स्थानीय शासनका लागि युवाका मुद्धामा बहस पैरवी कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथिमा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी रहनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,१ नं. वडा अध्यक्ष बाम बहादुर बुढा, २ नं. वडा अध्यक्ष प्रकाश वली, ४नं. वडा अध्यक्ष डिल बहादुर घर्ति,५नं. वडा अध्यक्ष दुर्गा प्रसाद आचार्य,कार्यपालिका सदस्य तुलसा दमाई,जिल्ला युवा परिषद प्यूठानका अध्यक्ष रामचन्द्र केसी,जनप्रतिनिधि,कर्मचारी र वडा स्तरीय युवा संजालका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । पोषण स्वयमसेवक दाम बहादुर कार्किले संचालन गर्नु भएको कार्यक्रमको सहजीकरण राष्ट्रिय युवा परिषद नेपालका सदस्य तुल्सीराम न्यौपानेले गर्नुभएको थियो । गाउँपालिका भित्रका यूवा लक्षित कार्यक्रम आगामि नीति कार्यक्रम तथा बजेटमा युवाहरुलाई ल्याउने कार्यक्रम लगायत गाउँपालिकाको समग्र युवाहरुको विषयमा छलफल र बहस हुनुका साथै राष्ट्र निर्माण सहित समाजलाई सभ्य ,मर्यादित र अनुशासित बनाउन युवाहरू लाग्नु पर्ने कार्यक्रमका सहभागीहरुको धारणा रहेको थियो । कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।