समाचार
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न
माण्डवी गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ मिति २०७९ माघ १६ गते देखि सुरू भइ आज २०७९ साल माघ १८ गते सम्पन्न भएको छ । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ श्री माण्डवी मा.वि नयाँगाउँले जित्न सफल भएको छ भने गणेश मा.वि तिरामले द्वितीय स्थान र कामाक्षी मा.वि उदयपुरकोटले तृतीय स्थान हासिल गर्न सफल भएका छन । माण्डवी गाउँपालिका शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले संचालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि संविधान शभा सदस्य नारायण प्रसाद अधिकारी, गाउँपालिका अध्यक्ष नमराज अधिकारी , उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी, ईलाका प्रशासन कार्यालय जस्पुरका कार्यालय प्रमुख, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, वि.व्य.सका पदाधिकारी, सुरक्षाकर्मी, बुद्धिजीवी, विद्यार्थी , स्थानीयबासीहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो । समापन कार्यक्रममा प्रमुख अतिथी संविधान सभा सदस्य नारायण प्रसाद अधिकारीले बिजय खेलाडीहरुलाई बधाई दिदै मानव चेतनाको बिकासको लागि खेलकुद महत्त्वपूर्ण रहेको बताउनु भएको थियो । कार्यक्रममा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले खेलाडी सधै अनुशासित भयर अगाडी बढ्नु पर्ने बताउदै बर्दी बिनाको सिपाही भनेको खेलाडी भएको बताउनु भएको थियो । खेलकुदमा माण्डवी गाउँपालिका अन्तर्गत रहेका माध्यमिक तहका विद्यालयहरुका विद्यार्थीहरुले सहभागिता रहेको थियो ।