समाचार
राष्ट्रिय शिक्षा दिवस कार्यक्रम २०८१
राष्ट्रिय शिक्षा दिवस, २०८१ का अवसरमा माण्डवी गाउँपालिकाद्धारा आयोजना गरिएको कार्यक्रम गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षता र संविधान सभा सदस्य नारायण प्रसाद अधिकारी ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।कार्यक्रममा २०८० सालको परिक्षामा उत्कृष्ट नतीजा हासिल गर्ने सामुदायिक विद्यालय शिक्षक शिक्षिकाहरुलाई पुरस्कार र प्रशंसा पत्र सहित सम्मान गरिएको थियो, साथै साक्षरता दिवस, २०८१ का अवसरमा आयोजित निबन्ध लेखन , वक्तृत्वकला, चित्रकला, हाजिरी जवाफ, हिसाब दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हाँसिल गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा गाउँपालिकाको पाठ्यपुस्तक लेखन, नीति निर्माण लगायतको शैक्षिक क्षेत्रमा योगदान पुर्याउनु भएका महानुभावहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्य, गाउँ सभा सदस्य, पूर्व वडा अध्यक्ष, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, गाउँपालिका भित्र रहेका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका विषयगत शाखा प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, समाजसेवी, बुद्धिजीवी ,गाउँपालिकाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी लगायत अन्य सरोकारवाला र स्थानियको उपस्थिति रहेको थियो। गणेश मा.वि तिरामका शिक्षक दिपेन्द्रराज अधिकारी र जीवन माया के.एमले सञ्चालन गर्नुभएको कार्यक्रमको स्वागत मन्तब्य शिक्षा शाखा प्रमुख तुल्सी कार्कीले राख्नुभएको थियो ।