समाचार
लैंगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यशाला गोष्ठी
माण्डवी गाउपालिकाले लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
गाउपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट तर्जुमा प्रक्रियाका चरणहरूमा अन्य पश्नहरूसँगै लैससासको विषयबस्तुलाई केन्द्रियतामा राखेर योजनाबद्धरुपमा विश्लेषण सहित कार्यक्रम तर्जुमा गरे /नगरेको, स्थानीय तहले आफ्नो बार्षिक तथा आवधिक योजना लैससासका सवालहरुलाई समावेश गरी तर्जुमा गरे/ नगरेको जस्ता विषयवस्तु समेटेर परीक्षणका लागि सूचकको रुपमा नीति, कानून, योजना; संस्थागत व्यवस्था; मानव संसाधन तथा क्षमता विकास; सेवा प्रवाह र सुशासन तथा उत्तरदायित्व गरी पाँचवटा शीर्षकहरु भित्र विभिन्न २२ वटा उपशीर्षकहरू राखि उपशीर्षकलाई प्रष्ट बनाउनका लागि प्रत्येक उपशीर्षकमा सम्बन्धित विषय क्षेत्रका सयवटा प्रश्नहरू जसको कुल अंकभार १०० कायम गरि यिनै शीर्षक र उपशीर्षकहरुका प्रश्नहरूको आधारमा स्थानीय तहका पदाधिकारीहरू र कर्मचारीहरूसँग छलफल समेत गरी कार्यदलले सामुहिक लेखाजोखाका कार्य सम्पन्न भएको छ । कार्यक्रममा सबै सूचकहरुमा अंक प्रदान गरिसकेपछि समूह बनाई ५ वटा मूल शीर्षकहरू र २० वटा उपशिर्षकहरुमा प्राप्त अंकहरूलाई माकुरी जालोको चित्र (Spider net) , बार चित्र बनाई प्रस्तुत गरिएको थियो । चित्रले देखाएका राम्रा पक्षहरूलाई निरन्तरता दिदै कमजोर पक्षहरूलाई सुधार गर्दै आगामी दिनहरूमा स्थानीय तहको कार्य योजनाको बारेमा प्रस्तुतिकरण गरिएको थियो।
गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, वडा सचिव लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । महिला बालबालिका शाखा प्रमुख सीता गौतमले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजीकरण पार्वता आचार्य र छमा श्रेष्ठले गर्नुभएको थियो ।