FAQs Complain Problems

वडा नं. ५

नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविक गाविसहरु रम्दी (१-९) समेटेर वडा नं. ५ कायम भएको हो । २१.४७  वर्ग कि.मि क्षेत्रफल रहेको वडा नं ५ मा २०७८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या २४२० ( पुरुष १०६८ र महिला १३५२) रहेको छ । यस वडामा ६४७  घरधुरी रहेका छन । शैक्षिक हिसाबले यस वडामा १ वटा मा.वि, १ वटा आ.वि. र २ वटा प्रा.वि गरि ४ वटा सामुदायिक विद्यालयहरु संचालित छन । त्यसै गरि यस वडामा १ वटा स्वास्थ्य चौकी रहेको छ । १२ मेगावाट क्षमता भएको झिमरुक जलविद्युत आयोजनाको ड्याम साइड  यसै वडामा रहेको छ ।  समग्र यस वडाको क्षेत्रमा हेर्दा कृषि पेशा अगाल्ने घर परिवार धेरै रहेका छन । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा यस वडामा अध्यक्ष पदमा दुर्गा प्रसाद आचार्य निर्वाचित हुनुभएको हो ।

Population: 
2434
Ward Contact Number: 
९८४७८२१२५७
Ward Secretary: 
रबि आचार्य