समाचार
विश्व उपभोक्त अधिकार दिबस २०७९ कार्यक्रम
विश्व उपभोक्त अधिकार दिबस २०७९ कार्यक्रम माण्डवी गाउँपालिका जस्पुर प्यूठानमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय प्यूठानका प्रमुख धरम बहादुर जि.सि रहनु भएको थियो । कार्यक्रममा समन्वय उपप्रमुख दुर्गा रेग्मी,स्वर्गद्वारी नगर प्रमुख टेक प्रसाद भण्डारी, माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी-रोसन, उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी, सरुमरानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्का, पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजाल लगायतले मन्तव्य राख्नु भयको थियो । कार्यक्रममा माण्डवी गाउँपालिका ,सरुमरानी गाउँपालिका र स्वर्गद्वारी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, ब्यापारी, उद्योगी, होटल व्यवसायी ,पत्रकार,नागरिक समाज र सरोकारवालाहरुको सहभागीता रहेको थियोे । कार्यक्रमको सहजीकरण ईलाका प्रशासन जस्पुर प्यूठान प्रमुख बाबुराम पुरी, माण्डवी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे र कर अधिकृत सोनु काफ्लेले गर्नु भएको थियो ।
सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनाम विश्वभर यो दिवस मनाइन्छ ।
चार अधिकारका आधारमा संयुक्त राष्ट्रसंघको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुवन्ध पारित भएको थियो । सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका छन् ।
संयुक्त राष्ट्रसंघबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ ।
उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन् ।