FAQs Complain Problems

१५ औं धान दिवसको अवसरमा माण्डवी गाउँपालिकाले आयोजना गरेको रोपाई महोत्सव कार्यक्रम

आज असार १५, देशभर ‘धान उत्पादनमा वृद्धि राष्ट्रको सम्मृद्धि’ भन्ने सन्देशका साथ १५औं धान दिवस मनाइँदै छ | माण्डवी गाउँपालिकाले एक औपचारिक कार्यक्रमका साथ १५ औं राष्ट्रिय धान दिवस तथा रोपाईं महोत्सव भव्य रुपले सम्पन्न गरेको छ | उक्त कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका, उपाध्यक्ष मुगा पुन, प्रमुख प्रशासकीय, नारायण पौडेल, कृषि, पशु सेवा, स्वास्थ्य शाखाका संयोजक लगायत अन्य कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दलका प्रतिनिधि, कृषक समूह,किसान, पत्रकारलगायत सहभागी थिए |
मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि मनाउने परम्परा छ | हिलोसँग खेल्दै, पानीसँग पौँठेजोरी खोज्दै खेतका आलीमा चप्पल खोलेर खेत भित्र छुपु छुपु खेतमा धान रोप्न छिरेका खेतालाहरुको खाजा दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ | वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् | दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने गरेको छ |

धान रोपाईंमा सरिक माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले धान खेतीको उत्पादनमा अझै वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो | धानको उत्पादकत्व बढाउन सकिने प्रशस्त सम्भावना समेत रहेको बताउँदै कृषि र पर्यटन नै देश विकासको आधार भएको उहाँले जनाउनुभयो। रोकाले हिउँदे धान वा चैते धान उत्पादनमा अझ जोड दिन आग्रह गर्नुभयो| भलपानीको भरमा खेती हुँदै आएकोमा सिँचाइको व्यवस्था, अर्गानिक मलको प्रयोग तथा नयाँ प्रविधि अपनाई उन्नत जातका बीउ लगाई धान उत्पादन बढाउन सकिने रोकाले जनाउनुभयो 
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय नारायण पौडेलले माण्डवी गाउँ पालिकाले धानको उत्पादन वृद्धि गर्न आवश्यक बजेट, नीति र त्यसको कार्यान्वयनमा जोड दिदै धानमा आत्मनिर्भर बनाउने गरि कार्यक्रम ल्याउने प्रतिवद्धता पनि व्यक्त गरे |
सरकारले आजका दिनलाई दिवसका रुपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा बृद्दी हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ |

आर्थिक वर्ष: