समाचार
५० % अनुदानमा मिनीटीलर वितरण कार्यक्रम
माण्डवी गाउँपालिकाले व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र अन्तर्गत मिनी ट्रेलर वितरण गरेको छ। माण्डवी गाउँपालीकाको आ.व. २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५ वटै वडामा रहेका कृषक समुह/सहकारी/टोल विकास संस्थाका किसानलाई मिनी ट्रेलर वितरण गरिएको हो। कृषि यान्त्रीकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभई व्यवसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले गाउँपालिकाका किसानलाई मिनी ट्रेलर वितरण गरिएको हो ।
मिनी ट्रेलर पाएपछि खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सक्ने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा ठूलो परिवर्तन आउने विश्वास लिइएको छ ।
अनुदान पाउनका लागि निवेदन दर्ता गराएका किसानहरु छनौट गरी ५० प्रतिशत अनुदानमा यन्त्र उपलब्ध गराइएको थियो ।
किसानको मागको आधारमा गाउँपालिकाले किसानको परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी कार्यक्रम सञ्चालन गर्दै गाउँपालिकालाई तरकारी लगायत कृषि बालीमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ ।
पहिलो चरणमा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा ३६ जना किसानलाई मिनी ट्रेलर वितरण गरेको छ । यस सँगै गाउँपालिकाले दोश्रो चरणमा मिनी ट्रेलर, रोटाभेटर, कल्टीभेटर, कम्बाइन मिल, डिजिटल तराजु, स्प्रेयर ट्याङ्की, मल्टीक्रप थ्रेसर, हाते पंखा वितरण गर्ने कार्यक्रम रहेको छ ।