समाचार
५६ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस
माण्डवी गाउँपालिकाले ५६ औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस एक विशेष कार्यक्रमका वीच मनाएको छ । माण्डवी गाउँपालिका वडा नम्बर ५ स्थित ज्योति प्राथमिक विद्यालयमा शिक्षा दिवस मनाएको हो । गाउँपालिकाले आयोजना गरेको “सिकाई क्षेत्रमा रुपान्तरको लागि सिकाईको भूमिका” विषयमा माद्यामिक तह वक्तृत्वकला प्रतियोगिता , हिसाब दौड प्रतियोगिता , चित्रकला प्रतियोगीता कार्यक्रमहरु आयोजना गरिएको थियो।
माण्डवी गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक प्रकास वलीको अध्यक्षतामा भएको कार्यक्रममा , अतिथिमा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोसन), उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी ज्यू लगाएत २८ बिद्यालयका शिक्षक र बिधार्थी सहभागीता रहेको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूले “गुणस्तरीय शिक्षा विना राष्ट्रको विकास हुन नसक्ने धारणा राखेका थिए उनले माण्डवीमा गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय, शिक्षक र अभिभावक सवैको अथक प्रयास हुनुपर्ने धारणा राख्नुभएको थियो “।
माण्डवी गाउँपालिकाकाको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख तुल्सी कार्कीले कार्यक्रम मा बोल्दै ”शिक्षा गाउपालिकाको विकासको पहिलो आधार भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भयो”
गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा उत्कृष्टता हासिल गर्ने १० जना बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको संचालन गणेश मा.वि तिरामका प्र.अ. बलराम पुनले गर्नुभएको थियो ।