समाचार
संविधान दिवसको अवसर पारेर कार्यालय परिसर सरसफाई कार्यक्रम
माण्डवी गाउँपालिका, प्यूठानले संविधान दिवसको अवसर पारेर कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । घरायसी सरसफाई साथै बातावरणीय सरसफाईमा सबैको ध्यान पुगोस भन्नका लागि सरसफाई कार्यक्रम आयोजना गरिएको हो । संविधान दिवस, २०७९ को अवसरमा संविधान दिवस २०७९ मुल समारोह समितिको निर्णय अनुसार यही असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी मनाउन लागिएकोले माण्डवी गाँउपालिकाबाट संचालन हुने कार्यक्रम तथा जनस्तरमा हुने कार्यक्रममा सक्रिय सहभागीताको लागी माण्डवी गाँउपालिकावासी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ ।