समाचार
धन्यवाद ज्ञापन सम्बन्धमा ।
धन्यवाद ज्ञापन सम्बन्धमा ।
मिति २०७९/०६/१८ गते राति देखि सुरु भएको अविरल वर्षाको कारण यस माण्डवी गाउँपालिकाका वडा नं. २ धनचौर मर्कावाङ्ग लगायत विभिन्न स्थानहरुमा बाढी, पहिरो लगायतका विपदले ठुलो मात्रामा जनधनको क्षति भएको र त्यसबाट उत्पन्न प्रतिकुल अवस्थामा प्रभावित व्यक्तिहरुलाई दैनिक जीवनयापनको लागि राहत स्वरूप फुलबारी एकीकृत ग्रामिण विकास संस्था , प्यूठान नगरपालिका १ खैरा प्यूठानले हात्ती छाप चामल – ४५० के.जी, मसुरोको दाल -२० के.जी , खाने तेल -१० लिटर , चिउरा -२० के.जि, नुन-२० के.जी., बेसार -२० पोका, सोयाविन -२० के.जी., ब्ल्यांकेट -९ वटा उपलब्ध गराई यस विपदको समयमा सहयोग गर्नु भएकोमा फुलबारी एकीकृत ग्रामिण विकास संस्था , प्यूठान नगरपालिका १ खैरा प्यूठानलाई गाउँपालिका परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौ । साथै आगामी दिनहरुमा पनि यसै किसिमका सहयोगको अपेक्षा गर्दछौ ।