समाचार
बालविवाह न्यूनीकरण सम्बन्धी सडक नाटक दोश्रो दिन
माण्डवी गाउँपालिकाको आयोजनामा शनिबार देखि सुरु भएको बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक आज कामाक्षी मा.वि उदयपुरकोट,ऐश्वर्य प्रा.वि डाडाकटेरी ,माण्डवी मा .वि नयागाउ र चकचके वजारमा प्रस्तुत गरिएको छ । राष्ट्रिय कलाकार शुरविर पण्डित (दारी बा),कलाकारहरू सुरेस असिम,दिपिका थापा,रोहनी लामाले प्रस्तुती गर्नु भएको नाटकको सहजीकरण कार्यक्रम निर्देशन विष्णु गैरेले गर्नु भएको थियो । नाटक प्रस्तुति कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारीले गाउँपालिकालाई बालविवाह मुक्त अभियानमा लाग्न सबैलाई अनुरोध गर्दै यो अभियानलाई सहयोग गर्न सबैलाई अनुरोध गर्नु भएको थियो । नाटक सोमबार बागेश्वरी मा.वि तिघरा र ने.रा.आ.वि जुजनेटा रम्दिमा रहने छ ।