समाचार
स्वयंसेवक विकास र परिचालन सम्बन्धी कार्यक्रम
माण्डवी गाउँपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद नेपालको समन्वयमा मिति २०८१ जेठ १० गते सञ्चालन भएको स्वयंसेवक विकास र परिचालन सम्बन्धी कार्यक्रम आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले लागू औषध दुर्व्यसन र त्यसको रोकथामको विषयमा, जिल्ला अदालत प्यूठानका बुद्धि बहादुर वस्नेतले कानुनी सचेतना सम्बन्धी विषयमा र नेपाली सेनाका उपसेनानी रामु आले मगरले विपदमा युवाहरुको परिचालन सम्बन्धि विषयवस्तुमा सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा बर्द बहादुर गण खलङ्गा प्यूठानले विपद् व्यवस्थापन सम्बन्धी सामग्रीहरूको प्रदर्शनी गर्नुका साथै विपद् व्यवस्थापन तथा प्रतिकार्य सम्बन्धी नमूना अभ्यास सञ्चालन गरेको थियो । कार्यक्रमको दोश्रो दिन आज प्रहरी नायव निरीक्षक दिलिप चौधरीले मनसुनजन्य विपदको जोखिम तथा यसबाट बच्ने उपायहरु सम्बन्धि विषयवस्तु र प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले युबा नेतुत्व बिकास र परिचालन सम्बन्धि विषयवस्तुमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष नमराज अधिकारी 'रोसन',उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु,विषयगत शाखाका कर्मचारीहरु, नेपाली सेना प्यूठानका प्रमुख, युवा परिषद प्यूठानका अध्यक्ष रामचन्द्र केसी, राष्ट्रिय युवा परिषदका तुल्सीराम न्यौपाने, गाउँपालिका भित्रका युवा संजालका पदाधिकारीहरु, पत्रकार, प्रहरी, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।
पोषण स्वयंसेवक दाम बहादुर कार्कि, प्राविधिक सहायक तुल्सी कार्किले संचालन गर्नु भएको कार्यक्रमा युवा संजाल गाउँपालिका अध्यक्ष रबिन सुनारले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागीहरुलाइ प्रमाणपत्र समेत प्रदान गरिएको थियो