समाचार
सार्वजनिक सुनुवाई तथा आव २०८१/०८२ को नीति/बजेट निर्माण विषयमा सुझाव संकलन कार्यक्रम सम्पन्न
माण्डवी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को हालसम्म सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्दै आइरहेको छ ।
माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यहरू, कर्मचारीहरु, गाउँपालिका स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार, जनप्रतिनिधी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गाउँपालिकाको आ.व २०८०/०८१ को हाल सम्म भएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
माण्डवी गाउँपालिकाको आयोजनामा तथा झुलेनी मीडिया ग्रुपको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।कार्यक्रमको सहजिकरण पत्रकार बोम बहादुर परियारले गरेका थिए ।
कार्यक्रमका सहभागीले गाउँपालिकाको विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न र जनतामा प्रत्यक्ष प्रभाव पार्ने योजना तथा कार्यक्रमहरूमा केन्द्रित हुन सुझाब दिएका छन । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।