समाचार
कृषि औजार, उपकरण तथा अन्य अनुदान वितरण कार्यक्रम
माण्डवी गाउँपालिकाको आ.व २०७६/०७७ को स्वीकृत कृषि/पशु विकास कार्यक्रम अनुसार कृषिमा आधुनिकरण यान्त्रिकरण गर्दै कृषि उत्पादनमा बिकास गर्ने व्यावसायिक उत्पादन लाइ प्रोत्साहित गर्ने, कृषि उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लगायत विभिन्न उदेश्यले गाउँपालिकाले ४ जना व्यवसायिक कृषकहरुलाई मिनीटेलर र रोटाभेटर ७५% अनुदानमा आज एक कार्यक्रमको बीच बितरण गरिएको छ । माण्डवी गाउँपालिका भित्र स्थाई रुपमा बसोबास गरि आफ्नो कृषि पेशालाई आत्मनिर्भरको आधार मानि माण्डवी गाउँपालिकालाई कृषिबाट नेपालमा चिनाउने र कृषिमा पेशा पनि समाज परिवर्तनको आधार हो भनि आफु पनि काम गरि अरु युवाहरुलाई पनि कृषि पेशामा लाग्ने मनोबल बढाउने सहयोग गर्ने कृषकहरुबाट छनोट गरि व्यवसायिक कृषक लक्षित अनुदान कार्यक्रम र व्यवसायिक तरकारी तथा फलफुल खेति गर्ने व्यवसायिक कृषकहरुलाई पनि अनुदान प्रदान गरिएको हो |