समाचार
आर्थिक सहायता रकम हस्तान्तरण कार्यक्रम
माण्डवी गाउँपालिकाले गाउँपालिका अन्तर्गत विपद र प्रकोपमा परेका गरिब, अशक्त, दीर्घरोगी व्यक्तिहरुलाई राहत, उद्दार तथा पुनर्स्थापना गर्नका लागि आर्थिक सहायता प्रदान गरेको छ । माण्डवी गाउँपालिकाको कार्यालयमा अध्यक्ष श्रीधर रोका ज्युले उद्दार, राहत स्वरूप प्रकोप पिडित तथा गरीब ,अशक्त र दिर्घरोगीहरुलाई एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गर्नुभएको हो |गाउँपालिका क्षेत्रभित्र हुने प्राकृतिक तथा गैर प्राकृतिक विपद, अत्यन्तै न्युन आर्थिक स्थिति भएका दीर्घरोगी जस्तै मुटु, मृगौला, क्यान्सर, पक्षघात तथा मस्तिष्क घात लगायतका मानव जीवनमा असर पार्ने तथा अप्रत्याशित कारणबाट सृजना भएको विशेष परिस्थितिको सामना गरिरहेका नागरिकहरुलाई तत्काल केही राहत उपलब्ध गराउन आवश्यक देखिएकाले आर्थिक सहायता कोष स्थापना र संचालन गरिएको हो । माण्डवी गाउँपालिकाले गरिव/विपन्न सदस्यको लागि विपद र रोगको प्रकृति र निजको आर्थिक अवस्था हेरी प्रति व्यक्ति रु. ५,००० देखि ५०,००० सम्म आर्थिक सहायता उपलब्ध गराउदै आएको छ ।