समाचार
आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई
माण्डवी गाउँपालिकाकाे आयोजना र स्काईल्याण्ड मल्टीमिडिया प्रा.ली प्यूठानको सहजीकरण आ.व.०८१/०८२ काे प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आज सम्पन्न भएकाे छ ।गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले गाउँपालिकाले प्रथम चौमासिकमा गरेका विकास निर्माण, सेवा प्रवाह लगायतका विषयमा तयार पारिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नु पूर्व वडाको विभिन्न वस्तीमा पुगी नागरिकहरू संग लिएको बहिर्गमन अभिमत (Exit Poll) र नागरिक प्रतिबेदन (Citizen Report Card ) बाट आएका सवालहरूकाे जवाफ प्रमुख प्रशासकिय अधिकृत, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, विषयगत शाखा प्रमुख र वडा अध्यक्षहरुले दिनु भएकाे थियाे ।