समाचार
एकीकृत घुम्ती शिविर तेश्रो दिन
माण्डवी गाउँपालिका प्यूठानको आयोजनामा आइतबारदेखि शुरू भएको सेवा प्रबाह सम्बन्धि एकिकृत घुम्ती शिविरको तेश्रो दिन माण्डवी गाउँपालिका -३ नयाँगाउँको कृष्ण आ.वि मार्सीबाङमा संचालन भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले ब्यानर पढेर शिविरको उदघाटन गर्नु भएको थियो ।उदघाटनमा मन्तव्य राख्दै प्रमुख अतिथि अधिकारीले दूरदराजका जनताको दैनिकीलाई सहज तथा गाउँपालिकाले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन र कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि शुरू गरिएको एकीकृत घुम्ती शिविरबाट सबै नागरिकले सेवा लिनुपर्ने बताउनु भयो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकिले बजारभन्दा टाढा रहेको गाउँमा सञ्चालन गरिएको घुम्ती शिविरले नागरिकलाई ठूलो राहत दिएको र धेरैजनाले शिबिरबाट सेबाको लाभ लिनेमा आफू बिश्वास रहेको बताउनु भयो । वडा नं.३ का अध्यक्ष धनेन्द्र कार्कीकाे अध्यक्षता संचालन भएको कार्यक्रममा माण्डवी गाउँपालिकाका पशु चिकित्सक हेमराज आचार्यले संचालन गर्नु भएको थियो भने,उदघाटन कार्यक्रममा शिविरको आबस्यकता र महत्त्वका बारेमा सहजीकरण माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले गर्नु भएको थियो । शिविरमा स्वास्थ्य सेवा तर्फ ग्रामीण अल्ट्रासाउण्ड सेवा ११ जना, VIA जाँच ३९ जना, पाठेघरको समस्या जाँच ४ जना, सामान्य स्वास्थ्य परिक्षण १४८ जना , सुगर परिक्षण ११९, खकार परिक्षण ८ जना, पशुसेबा तर्फ ९० जना ,माटाे परिक्षण नमुना संकलन ५५ जना र जेष्ठ नागरिक परिचय पत्र २ जना गरी ४७६ जनाले सेवा लिएका थिए । शिविरमा जनप्रतिनिधी तथा कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । बुधवार बागिश्वरी मा.वि माण्डवी-५ तीघरामा संचालन हुनेछन ।