समाचार
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’ सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखीकरण गोष्ठी
माण्डवी गाउँपालिका, कृषि शाखाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना’ सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखीकरण गोष्ठी सोमबार माण्डवी गाउँपालिकामा सम्पन्न भएको छ । कृषि पेशाको व्यवसायीकरण गर्दै जिल्लाको आर्थिक उन्नतीका लागि कृषि आधुनिकीकरण परियोजना सुरु गरिएको हो ।कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक ,दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने उद्देश्य लिई सुरु भएको कार्यक्रमको लक्ष्य समग्र कृषि मूल्य शृंखलाका अवयवहरुको एकीकृत संयोजन र परिचालन मार्फत खाद्द पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सिर्जना गरि राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने रहेको छ| सो परियोजना बमोजिम गाउँपालिकामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट), व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) बनाइने भएको होे । उक्त गोष्ठीमा जिल्ला स्थित राजनीतिक दल , सरोकारवाला र कृषकहरुको उपस्थिति रहेको थियो | योजना सफल पार्न जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकायलगायतले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।