समाचार
माण्डवी गाउँपालिकाको विपद् व्यवस्थापन तथा आर्थिक पुनार्लाभ योजना तयार कार्यशाला गोष्ठी
आज मिति २०७९ फाल्गुण १३ गते माण्डवी गाउँपालिका, प्यूठानको आयोजना र कोभिड -१९ बाट प्रभावित संकटासन्न व्यक्तिहरूको आर्थिक उत्थानशील प्रवर्द्धन (PERCAV) परियोजना को सहकार्यमा माण्डवी गाउँपालिकाको विपद् व्यवस्थापन तथा आर्थिक पुनार्लाभ योजना तयार कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, स्थानीय संघसंस्थाको प्रतिनिधि, स्थानीय गैरसरकारी संस्थाको प्रतिनिधि, प्रहरी, पत्रकार, स्रोतव्यक्ति लगायत अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।