FAQs Complain Problems

वडा नं.१

नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविक गाविसहरु तिराम (१-४) समेटेर वडा नं. १ कायम भएको हो । १८.५५ वर्ग कि.मि क्षेत्रफल रहेको वडा नं १ मा २०७८ को राष्ट्रिय जनगणना अनुसार कुल जनसंख्या ३११६ (पुरुष १४३२ र महिला १६८४ जना) रहेको छ । यस वडामा ६९० घरधुरी रहेका छन ।  शैक्षिक हिसाबले यस वडामा १ वटा मा.वि, १ वटा आ.वि. र ३ प्रा.वि गरि ५ वटा सामुदायिक विद्यालयहरु संचालित छन । त्यसै गरि यस वडामा १ वटा स्वास्थ्य चौकी , १ वटा प्रहरी चौकी  रहेको छ । समग्र यस वडाको क्षेत्रमा हेर्दा कृषि पेशा अगाल्ने घर परिवारको संख्या उच्च रहेको छ । यस वडामा पर्यटकीय एवं धार्मिक स्थलको रुपमा त्रिवेणी धाम, लामपोखरी-थानकोट, छेकुरी छहरा झरना रहेका छन । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा यस वडामा अध्यक्ष पदमा बाम बहादुर बुढा निर्वाचित हुनुभएको हो ।

Population: 
२८८९
Ward Contact Number: 
९८४७८५९७०८
Ward Secretary: 
चेतन अधिकारी