FAQs Complain Problems

समाचार

हाम्रो माण्डवी हाम्रो गौरव : स्थानीय पाठ्यक्रम कक्षा १-८

बालबालिकाहरूको सर्वाङगीण विकासको लागि विद्यालयभित्र तथा बाहिरबाट उनीहरूमा सिकाइका अनुभवहरू हासिल गराउने मुख्य शैक्षिक योजना वा दस्तावेज पाठ्यव्रmम हो। शिक्षा प्राप्त गर्न पाउने अधिकार सुनिश्चित गर्न नेपालको संविधानले शिक्षा सम्बन्धी हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । राष्ट्रिय पाठ्यव्रmम प्रारूप, २०७६ ले कक्षा १ देखि ८ सम्म नै पठनपाठन हुने गरी स्थानीय आवश्यकता र विषयवस्तु, स्थानीय विज्ञको सहभागितामा स्थानीय तहको सहयोग र समन्वयमा मातृभाषा÷स्थानीय विषयको पाठ्यव्रmम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय पाठ्यव्रmम कार्यान्वयनले स्थानीय पेसा, व्यवसाय, मूल्य, मान्यता, भाषा, कला र संस्कृतिको संरक्षण र संवर्धनमा सहयोग पु¥याएको हुन्छ । स्थानीय विशेषताको एकीकृत स्वरूपले राष्ट्रिय पहिचानको समेत प्रतिनिधित्व गरेको हुन्छ । स्थानीय आवश्यकतालाई उचित रूपमा सम्बोधन गर्न शिक्षालाई स्थानीय आवश्यकतामा आधारित बनाउने अभ्यास विश्वव्यापी रूपमा भइरहेको छ । विद्यालय शिक्षाको मुख्य दस्तावेज राष्ट्रिय पाठ्यव्रmम प्रारूप २०७६, स्थानीय पाठ्यव्रmम विकास तथा कार्यान्वयन मार्गदर्शन (मातृभाषासहित), २०७६ ले गरेको प्रावधानअनुसार “हाम्रो माण्डवी हाम्रो गौरव” नामक स्थानीय पाठ्यव्रmम विकास गरिएको छ । पाठ्यक्रम निर्माणका लागि गाउँ शिक्षा समितिबाट पाठ्यक्रम निर्माण तथा लेखन समिति र सल्लाहकार समिति गठन गरिएको थियो। गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले माण्डवी गाउँपालिकाका सरोकारवालाहरूको सहभागितामा स्थानीय पाठ्यव्रmम निर्माणको लागि आवश्यकता पहिचान गरी प्राथमिकीकरण गरेको थियो। पाठ्यक्रम निर्माण तथा लेखन समितिले पाठ्यव्रmम विज्ञद्घारा तयार गरिएको पाठ्यव्रmम विकासको ढाँचाबमोजिम पाठ्यव्रmमको मस्यौदा तयार गरेको थियो भने त्यसलाई पाठ्यव्रmमको चरण तथा प्रव्रिmयाअनुरूप अन्तिमीकरण गर्ने कार्य पाठ्यव्रmम विज्ञद्घारा गरिएको थियो। विकास गरिएको स्थानीय पाठ्यव्रmम शैक्षिक सत्र २०७९ देखि गाउँपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा एकै साथ लागु गरिनेछ । यस पाठ्यक्रमले स्थानीय आवश्यकतामा आधारित व्यावहारिक विषयवस्तुहरू समावेश गरेको छ भने सिकाइ सहजीकरण प्रक्रियासमेतलाई प्रयोगात्मक तथा परियोजनामा आधारित सिकाइ विधिको अवलम्बन गर्नुपर्ने कुरामा जोड दिएको छ । यस पाठ्यव्रmमको कार्यान्वयनले माण्डवी गाउँपालिकाको विविध पक्ष (माण्डवी पहिचान, हाम्रो संस्कृति, इतिहास र पर्यटन, जीवनोपयोगी सिप र मूल्य शिक्षा, स्थानीय, पेसा, व्यवसाय र प्रविधि, हाम्रो वातावरण, दुर्घटना र विपद् व्यवस्थापन, हाम्रा व्यक्तित्व, बानी व्यवहार र सामाजिक संस्था) लगायतका विषयवस्तुहरूको बारेमा विद्यार्थीहरूमा ज्ञान, सिप, अभिवृत्ति तथा मूल्य र कार्यतत्परताको विकास गरी उनीहरूमा श्रमप्रति सम्मान गर्ने, आधारभूत सिपको विकास भई गाउँपालिकाको समग्र विकासमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । स्थानीय पाठ्यव्रmम निर्माणमा खट्ने कार्यदलका सदस्यहरू, रचनात्मक तथा अमूल्य राय सुझाव दिई पाठ्यव्रmमलाई अन्तिम रूप प्रदान गर्नुहुने प्राविधिक सल्लाहकार, अन्तरक्रिया कार्यक्रममा सक्रिय सहभागी हुने जनप्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, प्रधानाध्यापक, शिक्षक, समाजसेवी, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी सबैमा धन्यवाद दिन चाहन्छौं । अन्त्यमा, स्थानीय पाठ्यक्रम निर्माणको यो पहिलो प्रयासमा सबै विषय क्षेत्रहरू नसमेटिएको हुन सक्छ । पाठ्यव्रmम जीवित र गतिशील दस्तावेज भएकोले आवश्यक रूपमा यसलाई तदारुकताका साथ अद्यावधिक तथा परिमार्जन गर्दै लगिनेछ । पाठ्यव्रmमको प्रभावकारी कार्यान्वयन गरी त्यस व्रmममा देखिने कमी कमजोरी औंल्याई परिमार्जन र सुधारका लागि रचनात्मक सुझाव तथा पृष्ठपोषण प्रदान गरिदिनहुन सम्बन्धित सबै सरोकारवालाहरूमा अनुरोध गर्दछौं । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: