समाचार
गणतन्त्र दिवस २०७९ को अवसरमा कार्यालय सरसफाई, शहीद परिवारलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रम
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । माण्डवी गाउँपालिकाले १५ औं गणतन्त्र दिवस राष्ट्र, राष्ट्रियता, सम्प्रभुता, स्वतन्त्रता, समानता, राष्ट्रिय एकता, अखण्डता, लोकतन्त्र एवं मानवअधिकारका स्थापनाको लागि पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान शहीदहरूलाई सम्मान गरी मनाएको छ । माण्डवी गाउँपालिकाको सभाहलमा सञ्चालन भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, शहीद परिवार, कर्मचारी लगायत अन्य राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थित रहेको थियो । गणतन्त्र दिवसको अवसरमा माण्डवी गाउँपालिकाले ६ जना शहीद परिवारलाई दोसल्ला र प्रमाण पत्रका साथ सम्मान गरेको थियो । अन्तर्क्रिया कार्यक्रममा विगतमा शहीदहरूले गरेको योगदानको प्रतिफलस्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो जगबाट नेपालको संविधान २०७२ बमोजिम पहिलोपटक स्थानीय तह, प्रदेश र संघको निर्वाचन सम्पन्न भर्इ प्राप्त ऐतिहासिक उलपब्धीलार्इ सुदृढ पार्ने प्रक्रियामा जननिर्वाचित संस्था र सरकार कटिबद्ध रहनुपर्ने र सोही महत्वपूर्ण आधार र प्राप्त उपलब्धिहरूको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा शहीदहरूप्रति सच्चा सम्मान हुने तथा शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धीहरूलार्इ सुदृढ पार्न सम्बद्ध सबैले आ-आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका थप प्रभावकारी तुल्याउन सके शहीदहरूप्रति वास्तविक सम्मान नि्धारित हुने कुरामा सबैले जोड दिनुभएको थियो ।