समाचार
गाउँपालिकामा संचालित प्रतिबद्ध परियोजना द्वारा गैर-खाद्य राहत सामग्री हस्तान्तरण कार्यक्रम
युरोपेली संघ (European Union) को आर्थिक सहयोग तथा पिपुल इन नीड (People in Need), सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द चिल्ड्रेन, र स्कट विल्सन नेपालको संयुक्त कार्यान्वयनमा माण्डवी गाउँपालिकामा संचालित 'प्रतिबद्ध' परियोजनाले गाउँपालिकाको स्थानीय विपद् पूर्वतयारी तथा विपदको समयमा आत्मनिर्भर र सक्षम बनाउन आज एक कार्यक्रमका बिच रु. २३ लाख ४४ हजारभन्दा बढी मूल्यका गैर-खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। साथै, परियोजनाले आगामी दिनमा रु. १ लाख ४० हजार बराबरका वेयरहाउस प्यालेट पनि हस्तान्तरण गर्ने योजना रहेको छ ।
हस्तान्तरण गरिएका सामग्रीहरू:
✅ २६ वटा पारिवारिक टेन्ट
✅ १४० थान गैर-खाद्य राहत सामग्री सेट
✅ १४० थान मर्यादा (डिग्निटी) किट
✅ २० थान वेयरहाउस प्यालेट (क्रमशः हस्तान्तरण हुने)
यी सामग्रीहरू भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता विपद्का बेला तत्काल प्रभावित परिवारसम्म राहत पुर्याउन गाउँपालिकामै पूर्व-भण्डारण गरिनेछ।
डिग्निटी किटले महिला तथा किशोरीहरूको सरसफाइ, सुरक्षा र मर्यादा कायम राख्न सहयोग गर्नेछ भने वेयरहाउस प्यालेटले राहत सामग्री सुरक्षित र व्यवस्थित रूपमा भण्डारण गर्न मद्दत गर्नेछ।
साथै, राहत सामग्रीको प्रभावकारी व्यवस्थापनका लागि स्थानीय तहका कर्मचारीहरुलाई गोदाम व्यवस्थापन तालिम समेत प्रदान गरिएको छ।
#DisasterPreparedness #DRR #ClimateResilience #EmergencyResponse European Union in Nepal People in Need National Disaster Risk Reduction & Management Authority Save the Children in Nepal Csrc Nepal See less




