समाचार
आ. व २०७९/८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको पालिका स्तरीय समीक्षा गोष्ठी
माण्डवी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारी ज्यूको अध्यक्षतामा मिति २०८०/०५/१० गते संचालन भएको गोष्ठीमा सहभागी गाउँपालिका अन्तर्गतका ५ वटै वडामा रहेका स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कलाथोकि ज्यू, प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ज्यू, स्वास्थ्य कार्यालय प्यूठानका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेल ज्यू, स्वास्थ्य संस्था इन्चार्जहरुको सहभागिता रहेको थियो ।