समाचार
जेष्ठ नागरिकहरुलाई यातायात, स्वास्थ्य, बैंक क्षेत्रमा ऐन बमोजिम सुरक्षित र सम्मानजनक सेवा प्राप्त गर्न गराउनका लागि सरोकारवाला निकायहरु संग १ दिने अन्तरक्रिया कार्यक्रम
आज मिति २०८० वैशाख १० गतेका दिन यस माण्डवी गाउँपालिकाको आयोजनामा गाउँपालिका जेष्ठ नागरिक सञ्जालका अध्यक्ष श्री डोर बहादुर खड्काको अध्यक्षता र माण्डवी गाउँपालिका अध्यक्ष श्री नमराज अधिकारीको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिकहरुलाई यातायात, स्वास्थ्य, बैंक क्षेत्रमा ऐन बमोजिम सुरक्षित र सम्मानजनक सेवा प्राप्त गर्न गराउनका लागि सरोकारवाला निकायहरु संग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कलाथोकी,गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, स्वास्थ्य कार्यालय प्यूठानको निमित्त कार्यालय प्रमुख मधुसुधन खड्का, माण्डवी गाउँपालिका ५ वटै वडाबाट जेष्ठ नागरिक, नमस्ते प्यूठान यातायात प्रा.लीका सचिव, स्वर्गद्धारी गौमुखी यातायात प्रा.लीका प्रतिनिधि , गाउँपालिका अन्तर्गत रहेको बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधि, अस्थायी प्रहरी पोष्ट जस्पुरका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गाउँपालिका जेष्ठ नागरिक सञ्जालका सदस्य श्रीधर अधिकारीले कार्यक्रमका सहभागीहरूलाई आफ्नो स्वागत मन्तब्य सहित स्वागत स्वागत गर्नुभएको थियो । माण्डवी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले आफ्नो प्रस्तुतिकरण सहित सहभागीहरूलाई कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन माण्डवी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा जनस्वाथ्य निरीक्षक ध्रुव कुमार पोख्रेलले गर्नुभएको थियो ।