FAQs Complain Problems

माण्डवी गाउँपालिका प्यूठान सन्क्षिप्त परिचय

पृष्ठभूमि:

माण्डवी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार प्यूठान जिल्लामा र हाल लुम्बिनी  प्रदेशमा पर्दछ । माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ ।  ११३.०८ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका पश्चिमतर्फ दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । नेपाल सरकारको निर्णयअनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु तिराम (१–४), मर्कावाङ, नयाँगाउँ, रम्दी र उदयपुरकोट गाविसहरु समेटेर माण्डवी गाउँपालिका घोषणा गरीएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या १५७७८ रहेको छ जसमा पुरुषको जनसंख्या  ७००५ र महिलाको जनसंख्या  ८७७३ रहेको छ । यस गाउँपालिकामा जम्मा घरधुरी ३४६९ र जम्मा परिवार संख्या ३९०४ रहेको छ । शैक्षिक हिसावमा यस गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ५ वटा मा.वि, ५ वटा नि.मा.वि र १६ वटा प्रा.वि गरी जम्मा २६ वटा सामुदायिक विद्यालयहरु संचालित छन  भने  २ वटा संस्थागत विद्यालयहरु  रहेका छन् ।  प्यूठान जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरु मध्ये विकासका सम्भावना बोकेको गाउँपालिका रहेको छ । साथै सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँपालिकावासी समेत यो गाउँपालिकाका दीगो विकासको विकासका श्रोतका रुपमा रहेका छन् । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी मगर जाति ६,०७२ जना (४०.३२ प्रतिशत), दोस्रोमा क्षेत्री ४,४८५ जना (२९.७८ प्रतिशत) र तेस्रोमा कामी १,७३२ (११.५० प्रतिशत) हरुको बसोबास रहेको छ । यस गाउँपालिकामा ५ वडाहरु रहेका छन् । गाउँपालिकाको सहरी क्षेत्रको रुपमा विकसित भएका क्षेत्रहरुमा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने बढिरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था रहेका छन् । प्राविधिक शिक्षा र माथिल्लो तह अध्ययनका लागि यस गाउँपालिकाका स्थानीय विद्यार्थीहरु अन्य छिमेकी नगरपालिका/उपमहानगरपालिका तथा जिल्लामा जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।

भौगोलिक स्थिति:

माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ४९२ मिटर उँचार्ईदेखि १८८२ मिटर सम्मको उँचाईमा अवस्थित छ । प्यूठान जिल्लामा अवस्थित ११३.०८ व.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका, पश्चिमतिर दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि पछिल्ला वर्षहरुमा बस्ती विकासको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । जंगल र जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकाको परिसरमा सानाठूला गरी धेरै खोला तथा नदीहरु रहेका छन् । 

 राजनैतिक तथा प्रशासनिक केन्द्र
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुना वमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्री संयोजकत्वमा गठित समितिले मिति २०७३÷११÷२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साविकका गाविसहरु तिराम (१–४), मर्कावाङ, नयाँ गाउँ, रम्दी र उदयपुरकोट गाविसहरु समेटर ५ वटा वडाहरु कायम गरिएको हो । हाल माण्डवी गाउँपलिकाको संरचना यस प्रकार रहेको छ ।

 माण्डवी गाउँपालिकाको वडा विभाजन
वडा नं.    समावेश भएका सविक गा.वि.स..            सविकको वडा नं.
१                       तिराम                                          १—४
२                      मर्कावाङ                                      १—९
३                      नयाँगाउँ                                       १ — ९
४                      उदयपुरकोट                                १ — ९
५                      रम्दी                                          १ — ९
 

अनुसूची -१

(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

गाउँ कार्यपालिकामा रहने विषयगत शाखा (शाखा, कार्यालय, उपशाखा, इकाई) को विवरण

(गाउँ कार्यपालिकाको आफ्नो राजश्वको क्षमता, खर्चको आवश्यकता, सेवा उपलब्ध गराउनु पर्ने जनसङ्ख्या तथा विकासका मूख्य मूख्य प्राथमिकता अनुरुप संगठन तथा व्यवस्थापन सर्भेक्षणका आधारमा विषयगत शाखा तथा कार्यालय, उपशाखा वा इकाई निर्धारण गर्न सक्नेछन् ।जनशक्तिको उपलब्धता तथा प्रशासनिक खर्चलाई ध्यान दिई एउटा विषयगत शाखा अन्तर्गतको कुनै कार्यालय, उपशाखा वा इकाईले मिल्दो अन्य विषयक्षेत्रको कार्यसमेत सम्पादन गर्ने सक्नेछ ।)

सामान्य प्रशासन शाखा

स्थानीय सेवा तथा जनशक्ति विकास उपशाखा

सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन उपशाखा

स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय उपशाखा

नगर प्रहरी व्यवस्थापन उपशाखा

न्याय, कानून तथा मानव अधिकार प्रवर्द्धन उपशाखा

सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन उपशाखा

बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण उपशाखा

बैठक तथा विधायन उपशाखा

आन्तरिक लेखापरीक्षण उपशाखा

विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधि तथा विभुषण इकाई

 

राजश्व तथा आर्थिक प्रशासन शाखा

राजश्व नीति तथा प्रशासन उपशाखा

आर्थिक प्रशासन उपशाखा

पूर्वाधार विकास तथा भवन नियमन शाखा

सडक तथा यातायात व्यवस्था उपशाखा

भवन तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत) उपशाखा

जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पूर्जा, भू-उपयोग तथा वस्ती विकास उपशाखा

जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पूर्जा इकाई

वस्ती विकास इकाई

जलविद्युत, ऊर्जा र सडक वत्ति तथा सिंचाई उपशाखा

जलविद्युत, ऊर्जा र सडक वत्ति इकाई

सिंचाई तथा जलउत्पन्न प्रकोप नियन्त्रण इकाई

वातावरण, पर्यावरण एवं जलाधारक्षेत्र संरक्षण तथा फोहोरमैला व्यवस्थापन उपशाखा

विपद् व्यवस्थापन (बारुणयन्त्र, एम्बुलेन्स तथा यन्त्र उपकरण परिचालन समेत) उपशाखा

सार्वजनिक निजी साझेदारी इकाई

आर्थिक विकास शाखा

कृषि, पशुपन्छी तथा सहकारी कार्यालय

वन तथा भू-संरक्षण कार्यालय

उद्योग तथा उद्यमशीलता विकास उपशाखा

रोजगार प्रवर्द्धन तथा गरिबी न्यूनिकरण उपशाखा

सामाजिक विकास शाखा

आधारभूत तथा माध्यमिक शिक्षा कार्यालय

खेलकूद तथा अतिरिक्त क्रियाकलाप इकाई

आधारभूत स्वास्थ्य तथा सरसफाई कार्यालय

खानेपानी व्यवस्थापन कार्यालय

लैङ्गिक समानता तथा सामाजिक सुरक्षा उपशाखा

लैङ्गिक समानता इकाई

बालबालिका, किशोर किशोरी तथा युवा इकाई

अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिक इकाई

गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन इकाई

सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता इकाई

संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन इकाई

योजना, अनुगमन तथा तथ्याङ्क शाखा

योजना, कार्ययोजना तर्जुमा तथा उपभोक्ता समिति परिचालन इकाई

अनुगमन तथा मूल्याङ्कन इकाई

तथ्याङ्क व्यवस्थापन इकाई

 

 

अनुसूची २

नियम ४ को उपनियम (१) सँग सम्बन्धित)

शाखाको कार्य विभाजन

सामान्य प्रशासन शाखा

  • स्थानीय सेवा तथा जनशक्ति विकास
  • स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी नीति, मापदण्ड, सेवा शर्त, योजना, कार्यान्वयन र नियमन
  • संविधानको धारा ३०२ बमोजिम समायोजन भई आउने कर्मचारीको व्यवस्थापन
  • स्थानीय सेवाको व्यवस्थापन सम्बन्धी अन्य कार्य
  • गाउँपालिकाको संगठन विकास, संगठन संरचना तथा दरबन्दी निर्धारण, जनशक्ति व्यवस्थापन र वृत्ति विकास
  • स्थानीय सेवाको व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधिको उपयोग, प्रवर्द्धन र नियमन
  • मानव संशाधन विकासका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा
  • गाउँपालिकामा सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदिको व्यवस्थापन
  • स्थानीय शान्ति समिति सम्बन्धी कार्यहरु
  • सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन
  • गाउँपालिकाको लागि सार्वजनिक खरीद तथा अन्य बन्दोबस्तीका सामान सम्बन्धी विषय
  • गाउँपालिकाभित्रको सार्वजनिक तथा सरकारी सम्पत्ति, सामूदायिक सम्पत्ति, भवन, सडक, पसल, व्यवसाय, पूर्वाधार, उद्योग, खानी तथा खनिज, वनको विवरण सहितको अद्यावधिक अभिलेख
  • गाउँपालिकाको स्वामित्वमा रहेको सम्पत्तिको अद्यावधिक अभिलेख
  • गाउँपालिकास्थित सरकारी सम्पत्तिको एकिकृत विवरण
  • स्थानीय तह, प्रदेश र संघसँगको सम्बन्ध र समन्वय तथा वडासँगको समन्वय
  • संघ तथा प्रदेश तहमा संविधान तथा कानून बमोजिमको सहभागिता तथा प्रतिनिधित्व
  • जिल्ला समन्वय समितिसँगको समन्वय
  • वडा तहसँगको सम्पर्क र समन्वय
  • पत्राचार, सभा, समारोह, शिष्टाचार
  • नगर प्रहरी व्यवस्थापन
  • संघीय तथा प्रदेश कानूनको अधीनमा रही नगर प्रहरीको सञ्चालन तथा व्यवस्थापन नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
  • नगर प्रहरीमार्फत देहायका कार्य सम्पादन गर्ने,
  • नीति, कानून, मापदण्ड, निर्णयहरु कार्यान्वयनमा सहयोग,
  • सम्पत्तिको संरक्षण,
  • गाउँपालिकामा हुने सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको व्यवस्थापनमा सहयोग,
  • स्थानीय बजार तथा पार्किङ्ग स्थलको व्यवस्थापनमा सहयोग,
  • नगर प्रहरी सम्बन्धी कार्यपालिकाले तोके बमोजिमका नीति, योजना, कार्यक्रम कार्यान्वयन,
  • गाउँ वस्ती सरसफाई सम्बन्धी मापदण्डको कार्यान्वयन र कसुर उपर छानविन र अनुसन्धान,
  • स्थानीय न्यायिक समितिले गरेका आदेश, फैसला कार्यान्वयनमा सहयोग,
  • कार्यालय परिसर, सम्पदा, सार्वजनिक, ऐलानी, पर्ति जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा,
  • विपद् व्यवस्थापनमा सहयोग,
  • अपराध रोकथाम तथा अनुसन्धानमा सहयोग,
  • फुटपाथ व्यवस्थापन,
  • निर्माण नियमन,
  • गुणस्तर नियन्त्रण
  • नगर प्रहरी सम्बन्धी अन्य कार्य ।
  • न्यायिक समितिको सचिवालय, न्याय, कानून, मानव अधिकार प्रवर्द्धन तथा मेलमिलाप र मध्यस्थता, निर्णय तथा फैसला कार्यान्वयन
  • न्यायिक समितिको सचिवालय सम्बन्धी कार्य
  • न्याय तथा कानूनी राज्यको परिपालना
  • मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन
  • व्यक्ति र समुदायवीच मेलमिलाप र मध्यस्थताको व्यवस्थापन
  • न्यायिक निर्णय तथा फैसला कार्यान्वयन
  • सूचना तथा सञ्चार प्रविधि विकास तथा विस्तार र एफ.एम. सञ्चालन
  • आफ्नो क्षेत्रभित्र इन्टरनेट सेवा, टेलिसेन्टर, केबुल तथा तारबिहीन टेलिभिजनको प्रसारणको अनुमति, नवीकरण र नियमन
  • एक सय वाटसम्मको एफ.एम. रेडियो सञ्चालन अनुमति, नवीकरण र नियमन
  • आफ्नो क्षेत्रभित्र पत्रपत्रिकाको प्रकाशन अनुमति, अभिलेख तथा नियन्त्रण
  • अभिलेख व्यवस्थापनमा नवीनतम सूचना प्रविधिको प्रयोग
  • सूचना तथा सञ्चार प्रविधिमा सर्वसाधारण जनताको सहज र सरल पहुँच तथा सूचना प्रविधिको विकास र विस्तार सम्बन्धी कार्यक्रम तर्जुमा र कार्यान्वयन
  • वैज्ञानिक अध्ययन, अनुसन्धान र प्रविधि विकासमा लगानी
  • सूचना तथा सञ्चार प्रविधिमा आधारित तथ्याङ्क व्यवस्थापन
  • बजार अनुगमन, गुणस्तर, नापतौल, खाद्य सुरक्षा र उपभोक्ता हित संरक्षण
  • स्थानीय ब्यापार, वाणिज्य, वस्तुको माग, आपूर्ति व्यवस्थापन तथा अनुगमन
  • बजार तथा हाट बजार व्यवस्थापन
  • उपभोक्ता अधिकार तथा हित सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन
  • स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन
  • स्थानीय ब्यापार र वाणिज्य सम्बन्धी पूर्वाधार निर्माण
  • स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन
  • उपभोक्ता सचेतना, लक्षित उपभोक्ताको लगत व्यवस्थापन र स्थानीय वस्तु तथा सेवाको गुणस्तर परीक्षण
  • खाद्य पदार्थको गुणस्तर नियन्त्रण
  • खानेपानीको गुणस्तर नियन्त्रण
  • स्थानीय व्यापार प्रवर्द्धन सहजीकरण र नियमन
  • स्थानीय वौद्धिक सम्पत्तिको संरक्षण, प्रवर्द्धन र अभिलेखाङ्कन
  • बैठक तथा विधायन
  • कार्यपालिका तथा सभाको बैठक व्यवस्थापन
  • कार्यपालिकाको निर्णयहरुको विद्युतीय माध्यमबाट अभिलेखीकरण तथा प्रकाशन
  • कार्यपालिका तथा सभामा पेश गर्नुपर्ने विभिन् नीति, नियम तथा कानूनको मस्यौदामा संयोजन
  • कार्यपालिकाका विभिन्न समिति, उपसमिति, कार्यदलको बैठक व्यवस्थापन
  • नीति, कानूनको प्रमाणिक प्रतिको संरक्षण, प्रकाशनका लागि समन्वय
  • विधायन सम्बन्धी अन्य कार्य
  • आन्तरिक लेखापरीक्षण
  • आन्तरिक तथा पूर्व लेखापरीक्षण
  • लेखापरीक्षण विवरण (बेरुजुको लगत समेत) को अभिलेख व्यवस्थापन
  • अन्तिम लेखापरीक्षण कार्यमा सहयोग, समन्वय र सहजीकरण
  • लेखापालनसम्बन्धी क्षमता विकास कार्य
  • विदा, उत्सव, उर्दी, जात्रा, पर्व, उपाधि, विभूषण, आदी ।
  • स्थानीय चाडपर्व, सार्वजनिक विदा, उत्सव, जात्रा, उर्दी आदीको व्यवस्थापन
  • उपाधि तथा विभूषण सम्बन्धी सिफारिश, अभिलेख़

राजश्व तथा आर्थिक प्रशासन शाखा

  • राजश्व नीति तथा प्रशासन
  • राजश्व सम्बन्धी नीति, कानून तर्जूमा, कार्यान्वयन र नियमन (राजश्व चुहावट नियन्त्रण समेत)
  • सम्पत्ति कर, घरबहाल कर,  घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमिकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, बहालबिटौरी कर, घरजग्गा कर, मृत वा मारिएको जीवजन्तुको हाड, सिंङ्ग, प्वाख, छालामा कर, प्राकृतिक स्रोत साधन, व्यवसायिक कर सम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन, बाँडफाँड, संकलन र नियमन, अन्य आय व्यवस्थापन
  • सार्वजनिक खर्च तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टी सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन र सोको संकलन तथा बाँडफाँड
  • आफ्नो क्षेत्रभित्र राजश्वका दर अन्य शुल्क निर्धारण, संघीय र प्रदेश कानून बमोजिम प्राकृतिक स्रोत साधन र सेवा शुल्क जस्ता रोयल्टी संकलन, समन्वय र नियमन
  • मालपोत संकलन
  • कानून बमोजिम ढुङ्गा, गिट्टी, बालुवा, माटो, नुन, स्लेट, फायर क्लेजस्ता खानी खनिज पदार्थको सर्वेक्षण, अन्वेषण, उत्खनन र सो सम्बन्धी रोयल्टी सङ्कलन
  • ट्रेकिङ, कायाकिङ्ग, क्यानोनिङ्ग, बञ्जी जम्पिङ्ग, जिप फ्लायर, ‍र्‍याफ्टिङ्ग शुल्क
  • सामुदायिक वनको सञ्चालन र व्यवस्थापनबाट प्राप्त रोयल्टी सङ्कलन
  • प्राकृतिक स्रोतको उपयोग सम्बन्धी नीति निर्धारण र कार्यान्वयन तथा प्रदेश र संघीय मापदण्ड पालना
  • प्रचलित कानून बमोजिम दण्ड जरिवाना
  • बाँकी बक्यौता रकमको लगत र असुल उपर
  • करदाता शिक्षा तथा करदाता विवरण अद्यावधिक
  • वित्तीय स्रोत साधनको समतामूलक बाँडफाँड
  • आर्थिक साधनको महत्तम उपयोग तथा परिचालन
  • राजश्व परामर्श समिति सम्बन्धी विषय
  • स्थानीय राजश्व प्रवर्द्धनका लागि प्रोत्साहन
  • राजश्वको सम्भाव्यता अध्ययन
  • राजश्व सूचना तथा तथ्याङ्कको आदान प्रदान
  • संघीय तथा प्रदेश कानून बमोजिम बजेट घाटापूर्तिको स्रोत व्यवस्था
  • आर्थिक प्रशासन
  • आर्थिक (कार्यविधि) नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन, आर्थिक प्रशासन र व्यवस्थापन
  • बजेट सीमा निर्धारण, बजेट तर्जूमा, कार्यान्वयन र नियमन
  • सञ्चित कोष तथा आकस्मिक कोषको व्यवस्थापन
  • लगानी र लाभांशको व्यवस्थापन
  • लेखा व्यवस्थापन, खर्च, राजश्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोष तथा सम्पत्तिको एकिकृत विवरण
  • समष्टिगत आर्थिक अवस्थाको विश्लेषण
  • ऋण तथा अनुदानको व्यवस्थापन र नियमन
  • लगानी प्रक्षेपण (सरकारी, सहकारी तथा निजी) र वित्तीय व्यवस्थापन
  • कारोबारको लेखाङ्कन, नियन्त्रण तथा व्यवस्थापन
  • राजश्व तथा व्ययको अनुमान
  • बेरुजू फर्छ्यौट
  • आर्थिक प्रशासन र व्यवस्थापन सम्बन्धी अन्य विषय

पूर्वाधार विकास तथा भवन नियमन शाखा

सडक तथा यातायात व्यवस्था

स्थानीय सडक, ग्रामीण सडक, कृषी सडक तथा यातायात सम्बन्धी नीति, कानून, मापदण्ड तथा नियमन

स्थानीय सडक, ग्रामीण सडक, कृषी सडक, झोलुङ्गे पुल, पुलेसा र तटबन्धन सम्बन्धी गुरुयोजनाको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार

यातायात सुरक्षा व्यवस्थापन र नियमन

ट्याक्सी सेवा अनुमती, व्यवस्थापन र नियमन

वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन

आधारभूत यातायात सम्बन्धमा प्रदेश सरकारसँग समन्वय

यातायात क्षेत्रमा लगानी अभिवृद्धि

यातायात सुविधामा नागरिककोक सरल, सहज र समान पहुँच

यातायात क्षेत्रमा वातावरणमैत्री प्रविधिलाई प्रोत्साहन

निजी यातायात नियमन व्यवस्थापन

भवन  तथा भवन संहिता एवं निर्माण इजाजत (डिजाइन समेत)

भवन सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन

राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति र नियमन

भवन निर्माण इजाजत, भवन संहिता कार्यान्वयन

भवन निर्माणको नक्सा स्वीकृति, संशोधन, नियमन

पुरातत्व, प्राचीन स्मारक र संग्रहालय संरक्षण, सम्बर्द्धन र पुनःनिर्माण

सरकारी भवन, विद्यालय, सामूदायिक भवन, सभागृह तथा अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मत संभार

जग्गा नापी तथा नक्सा, घरजग्गा धनी पूर्जा, भू-उपयोग तथा वस्ती विकास

नापी तथा नक्सा, घरजग्गा धनी पूर्जा

प्रादेशिक मापदण्ड बमोजिम घरजग्गा धनी दर्ता प्रमाणपूर्जा वितरण तथा लगत व्यवस्थापन

भूमिको वर्गीकरण अनुसारको लगत

जग्गाको कित्ताकाट र भूमि लगत (नक्सा, स्रेस्ता) निर्माण र संरक्षण

सरकारी प्रयोजनको लागि जग्गा प्राप्ति, मुआब्जा निर्धारण तथा वितरणमा समन्वय र सहजीकरण

जग्गा विवाद समाधानमा मेलमिलाप र मध्यस्थता

विश्व सम्पदा सूचीमा परेका स्मारक र पुरातात्विक महत्व लगायत वन, सीमसार क्षेत्र, तटवर्ती क्षेत्रका जग्गा सम्बन्धी लगत

विकास

शहरीकरण, वस्ती विकास सम्बन्धी नीति, कानून, मापदण्ड तथा सो सम्बन्धी योजना तर्जुमा, आयोजना पहिचान, अध्ययन, कार्यान्वयन र नियमन

आधारभूत आवासका योजना तर्जुमा र कार्यान्वयन

गाउँपालिकामा अव्यवस्थित बसोबास व्यवस्थापन कार्यक्रमको तर्जुमा र कार्यान्वयन

आधारभूत बसोबास सम्बन्धमा प्रदेश सरकारसँग समन्वय

योजनावद्ध र व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा कार्यान्वयन

एकिकृत वस्ती विकासका लागि जग्गाको एकिकरण तथा जग्गा विकास र व्यवस्थापन

संघीय तथा प्रदेश कानूनो अधीनमा रही आफ्नो क्षेत्रको भू-उपयोग नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन

संघीय तथा प्रदेशको मापदण्डको अधीनमा रही व्यवस्थित वस्ती विकासका कार्यक्रमको तर्जुमा र कार्यान्वयन

संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासी पहिचान र अभिलेख व्यवस्था

स्थानीय स्तरमा सकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्था

एकिकृत वस्ती विकासका लागि जग्गाको एकिकरण तथा जग्गा विकास र व्यवस्थापन ।

जलविद्युत, ऊर्जा, सडक वत्ति र सिंचाई

, ऊर्जा र सडक वत्ति

साना जलविद्युत आयोजना, नवीकरणीय ऊर्जा तथा वैकल्पिक ऊर्जा सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

वैकल्पिक ऊर्जा सम्बन्धी प्रविधि विकास र हस्तान्तरण, क्षमता अभिवृद्धि प्रवर्द्धन

विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन

जनसहभागितामा आधारित स्वदेशी लगानीलाई प्राथमिकता दिदैं जलस्रोतको बहुउपयोगी विकास कार्यक्रमको तर्जुमा र कार्यान्वयन

स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन, सञ्चालन र नियमन

सडक वत्तीको व्यवस्था

तथा जलउत्पन्न प्रकोप नियन्त्रण

सिंचाई सम्बन्धी निति, कानून, मापदण्ड निर्धारण र नियमन

सिंचाई सम्बन्धी गुरुयोजनानको तर्जुमा, कार्यान्वयन र स्तरोन्नतिका आयोजनाको पहिचान, अध्ययन, कार्यान्वयन, मर्मत, सम्भार र नियमन

स्थानीय साना, सतह तथा भूमिगत सिंचाई प्रणालीको सञ्चालन निर्माण, सुधार, ‍मर्मत सम्भार तथा सेवा शुल्कको निर्धारण र सङ्कलन व्यवस्थापन

जलउत्पन्न प्रकोप नियन्त्रण सम्बन्धी

स्थानीय तटबन्ध, नदी नियन्त्रण तथा नदी व्यवस्थापन र नियमन

साना जलउपयोग सम्बन्धी आयोजना तर्जुमा, कार्यान्वयन र अनुगमन ।

वातावरण, पर्यायवरण एवं जलाधार क्षेत्र संरक्षण तथा फोहोरमैला व्यवस्थापन

स्वच्छ तथा स्वस्थ वातावरण र जलाधार तथा वन्यजन्तुको संरक्षण व्यवस्थापन सम्बन्धी नीति, कानून, कार्यक्रम तर्जुमा, कार्यान्वयन र नियमन

वृक्षारोपण तथा हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन

फोहोरमैला सङ्कलन, पुनःउपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन

सरसफाई तथा स्वास्थजन्य फोहोरमैलाको व्यवस्थापन

वायु तथा ध्वनीको प्रदुषण नियन्त्रण

हानिकारण पदार्थहरजको नियमन तथा नियन्त्रण

सार्वजनिक शौचालयल व्यवस्थापन

वातावरणीय जोखिम न्यूनिकरण

न्यून कार्वनमुखी तथा वातावरणमैत्री विकास अवलम्बन

वातावरण संरक्षण क्षेत्र निर्धारण र व्यवस्थापन

पानी मुहानको संरक्षण

पहिरो नियन्त्रण

जलवायु परिवर्तन अनुकूलन कार्यक्रम

विपद् व्यवस्थापन, वारूण यन्त्र, एम्बुलेन्स

विपद् व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड तथा स्थानीय स्तरका आयोजनाको कार्यान्वयन र नियमन

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, जोखिम न्यूनिकरण कार्ययोजना

विपद् पूर्वतयारी, खोज तथा उद्वार, राहत सामाग्रीको पूर्व भण्डारण, वितरण र समन्वय

विपद् जोखिम क्षेत्रको नक्साङ्कन तथा वस्तीहरुको पहिचान र स्थानान्तरण

विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय समूदाय, संघ संस्था, निजी क्षेत्रसँगको सहयोग, समन्वय र सहकार्य

विपद् कोषको स्थापना तथा सञ्चालन र स्रोत साधनको परिचालन

विपद् पश्चात स्थानीय स्तरको पुनर्स्थापना र पुनर्निर्माण

विपद् सम्बन्धी तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान

प्राकृतिक प्रकोपको रोकथाम र पूर्वतयारी

विपद् जोखिम न्यूनिकरणको लागि पूर्व सूचना प्रणाली सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन

वारूण यन्त्र तथा एम्बुलेन्सको सञ्चालन तथा व्यवस्थापन

स्थानीय आपत्‌कालीन कार्यसञ्चालन प्रणाली

सार्वजनिक निजी साझेदारी

स्थानीय सार्वजनिक-निजी साझेदारी सम्बन्धी स्थानीय नीति, योजना निर्माण

स्थानीय सार्वजनिक-निजी साझेदारीका आयोजना छनौट तथा कार्यान्वयन

स्थानीय विकासमा निजी क्षेत्रको प्रवर्द्धन

आर्थिक विकास शाखा

कृषि, पशुपन्छी तथा सहकारी

कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापन सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामाग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन

कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण

कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रवर्द्धन

कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन

उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रवर्द्धन, विकास तथा बजारीकरण

कृषिसम्बन्धी वीमा र कर्जा सहजीकरण

शीत भण्डारणको व्यवस्थापन

कृषकहरुको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र शशक्तिकरण

कृषि बिउ बिजन, नश्ल, मलखाद र रसायन तथा औषधिहरुको आपूर्ति, उपयोग र नियमन

कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरुको समन्वय, व्यवस्थापन र नियमन

कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण

कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचार प्रसार

कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन

पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन

पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण

पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन

पशुनश्ल सुधार पद्दति विकास र व्यवस्थापन

पशुपन्छी सम्बन्धी वीमा र कर्जा सहजीकरण

स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन

पशु आहारको गुणस्तर नियमन

स्थानीय स्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली

पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन

पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य

सहकारी संस्था सम्बन्धी स्थानीय नीति, कानून, मापदण्डको निर्माण, कार्यान्वयन र नियमन

स्थानीय सहकारी संस्थाको दर्ता, अनुमति, खारेजी र विघटन

सहकारी वचत तथा ऋण परिचालन सम्बन्धी स्थानीय मापदण्ड निर्धारण र नियमन

सहकारी सम्बन्धी राष्ट्रिय, केन्द्रीय, विषयगत, प्रादेशिक र स्थानीय संघसंस्थासँग समन्वय र सहकार्य

सहकारी सम्बन्धी स्थानीय तथ्याङ्क व्यवस्थापन र अध्ययन अनुसन्धान

स्थानीय सहकारीको क्षमता अभिवृद्धि

स्थानीय सहकारी क्षेत्रको प्रवर्द्धन, विकास र परिचालन ।

वन, भू-संरक्षण, वन्यजन्तु, जलाधार, जडिबुटी तथा जैविक विविधता

वन, जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

सामुदायिक, ग्रामीण तथा सहरी, धार्मिक, कबुलियती वनको संरक्षण, सम्वर्द्धन, उपयोग र नियमन

वन उपभोक्ता समूहको व्यवस्थापन

मध्यवर्ती क्षेत्रको सामुदायिक, धार्मिक र कबुलियती वनको व्यवस्थापन

नदी किनार, नदी उकास, नहर किनार तथा सडक किनारमा वृक्षारोपण व्यवस्थापन

निजी तथा व्यवसायिक वनको प्रवर्द्धन र नियमन

सार्वजनिक खाली जग्गा, पाखा वा क्षेत्रमा वृक्षारोपण, सम्भार, उपयोग र व्यवस्थापन

जडिबुटी तथा अन्य गैरकाष्ठ वन पैदावार सम्बन्धि, सर्भेक्षण, उत्पादन, संकलन, प्रवर्द्धन, प्रशोधन र बजार व्यवस्थापन

वन विउ बगैचा स्थापना, व्यवस्थापन र प्रवर्द्धन

नर्सरी स्थापना, विरुवा उत्पादन, वितरण, रोपण र प्रवर्द्धन

वन्यजन्तु र चराचुरुङ्गीको संरक्षण, व्यवसायिक पालन, उपयोग र अनुगमन

वन्यजन्तुबाट स्थानीय समुदायमा पर्ने प्रभाव रोकथाम, व्यवस्थापन

स्थानीय प्राणी उद्यान (चिडियाखाना) को स्थापना र सञ्चालन

स्थानीय वन्यजन्तु पर्यटन र आयआर्जन

स्थानीय स्तरमा अखेटो पहारको व्यवस्थापन

वन, वन्यजन्तु तथा चराचुरुङ्गीको अभिलेखाङ्कन र अध्ययन अनुसन्धान

रैथाने प्रजातिको संरक्षण र प्रवर्द्धन

मिचाहा प्रजातिको नियन्त्रण

जैविक विविधताको अभिलेख

सामुदायिक भू-संरक्षण र सोमा आधारित आय आर्जन कार्यक्रम

भू-संरक्षण र जलाधार व्यवस्थापनजन्य सामूदायिक अनुकूलन

जलवायु परिवर्तन, अनुकूलन कार्य

आयआर्जनमा आधारित जडिबुटीको संरक्षण, प्रवर्द्धन, व्यवस्थापन

उद्योग तथा उद्यमशिलता विकास र खानी तथा खनिज पदार्थको संरक्षण

लघु, घरेलु तथा साना उद्योगको दर्ता, नवीकरण, खारेजी र नियमन

लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन

उद्यमशिलता प्रवर्द्धन

व्यापारिक फर्म, पसलको दर्ता, अनुमति, नवीकरण, खारेजी र नियमन

सीप विकास सम्बन्धी कार्यको प्रवर्द्धन

तथा खनिज

खानी तथा खनिज पदार्थको संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड तथा योजनाको कार्यान्वयन र नियमन

ढुङ्गा, गिटी, बालुवा, माटो, नुन, स्लेट, खरिढुङ्गा, फायरक्ले जस्ता खानिजन्य वस्तु सर्भेक्षण, अन्वेषण, उत्खनन

ढुङ्गा, गिटी, बालुवा, नुन, माटो, खरिढुङ्गा, फायरक्ले तथा स्लेट आदि खानिजन्य वस्तुको संरक्षण, विकास, उत्खनन र उपयोग सम्बन्धी दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापन

खानी तथा खनिज पदार्थ सम्बन्धी सूचना तथा तथ्याङ्क संकलन अभिलेख तथा व्यवस्थापन

भौगोर्भिक नक्सा प्रकाशन ।

रोजगार प्रवर्द्धन तथा गरिवी न्यूनिकरण

गरिवी निवारण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान

गरिबी निवारणको स्थानीय रणनीति तर्जुमा

गरिब घरपरिवार पहिचान सम्बन्धी स्थानीय सर्भेक्षण, सूचना व्यवस्थापन र नियमन

गरिवी निवारण सम्बन्धी राष्ट्रिय, प्रादेशिक र स्थानीय संस्थासँग सम्पर्क, समन्वय र सहकार्य

रोजगार तथा बेरोजगारको तथ्याङ्क सङ्कलन, प्रशोधन र सूचना प्रणालीको स्थापना

स्थानीयस्तरमा रहेका विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन

पहिचान भएका गरिब घरपरिवार एवं लक्षित समूह सम्बन्धी स्थानीय योजना, कार्यक्रम, स्रोत परिचालन र व्यवस्थापन

संघीय र प्रदेश कानून बमोजिम स्थानीय तहमा सुकुम्वासीको पहिचान र अभिलेख व्यवस्थापन

सुकुम्वासी सम्बन्धी जीविकोपार्जन र बसोबास व्यवस्थापन

रोजगारीका अवसर सिर्जना सम्बन्धी

सामाजिक विकास शाखा

आधारभूत तथा माध्यमिक शिक्षा

प्रारम्भिक बाल शिक्षा तथा विद्यालय शिक्षा, अनौपचारिक शिक्षा, खुला तथा वैकल्पिक शिक्षा (गुरुकुल, मदरसा, गुम्वा आदि), निरन्तर सिकाइ तथा विशेष शिक्षा सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन र नियमन

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमको योजना तर्जुमा, सञ्चालन, अनुमति र नियमन

पाठ्यक्रम र पाठ्यसामाग्रीको वितरण तथा कार्यान्वयन

विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन

विद्यालयको नक्साङ्कन, अनुमति, स्वीकृति, समायोजन तथा नियमन

शैक्षिक पूर्वाधार निर्माण र मर्मत सम्भार

आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्थापन

विद्यार्थी सिकाई उपलब्धीक परीक्षण र व्यवस्थापन

विद्यार्थि प्रोत्साहन तथा छात्रवृत्तिको व्यवस्थापन

शैक्षिक परामर्श सेवाको अनुमति तथा नियमन

स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण

माध्यमिक तहसम्मको शैक्षिक कार्यक्रमको समन्वय र नियमन

पुस्तकालय एवं पत्रपत्रिका

स्थानीय पुस्तकालय, वाचनालय तथा सामुदायिक अध्ययन केन्द्र सञ्चालन तथा व्यवस्थापन ।

खेलकूद तथा अतिरिक्त क्रियाकलाप

स्थानीयस्तरमा खेलकूद प्रशासन तथा संघ संस्थाको नियमन र समन्वय

खेलकूदको संरचनाको पूर्वाधार निर्माण सञ्चालन तथा विकास

खेलकूदको विकास र प्रवर्द्धन

खेलकूद प्रतियोगिताको आयोजना र सहभागिता

अतिरिक्त क्रियाकलाप सम्बन्धी विषय

आधारभूत स्वास्थ्य तथा सरसफाई

आधारभूत स्वास्थ्य र सरसफाई सम्बन्धी नीति, कानून, मापदण्ड, योजनाको निर्माण, कार्यान्वयन तथा नियमन

राष्ट्रिय तथा प्रदेश स्तरीय लक्ष्य र मापदण्ड बमोजिम स्थानीय स्तरको स्वास्थ्य सम्बन्धी लक्ष्य र गुणस्तर निर्धारण

राष्ट्रिय र प्रादेशिक मापदण्ड अनुरुप जनरल अस्पताल, नर्सिङ्ग होम, निदान केन्द्र तथा अन्य स्वास्थ्य संस्थाहरुको क्लिनिक दर्ता, सञ्चालन अनुमति र नियमन

आधारभूत स्वास्थ्य सेवाको सञ्चालन र प्रवर्द्धन

अस्पताल र अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सञ्चालन

स्वास्थ्य सेवा सम्बन्धी भौतिक पूर्वाधार विकास तथा व्यवस्थापन

सरसफाई सचेतनाको अभिवृद्धि

रक्तसञ्चार सेवा तथा स्थानीय र सहरी स्वास्थ्य सेवा

औषधि पसल सञ्चालन र नियमन

औषधिजन्य वनस्पति, जडिबुटी र अन्य औषधिजन्य वस्तुको उत्पादन, प्रशोधन र वितरण

स्वास्थ्य वीमा लगायतका सामाजिक सुरक्षा कार्यक्रमको व्यवस्थापन

औषधि तथा अन्य मेडिकल उत्पादनहरुको न्यूनतम मूल्य निर्धारण र नियमन

औषधिको उचित प्रयोग र सुक्ष्म जीव निरोधक प्रतिरोध न्यूनिकरण

औषधि र स्वास्थ्य उपकरणको खरिद, भण्डारण र वितरण

स्वास्थ्य सूचना प्रणालीको व्यवस्थापन

जनस्वास्थ्य निगरानी (पब्लिक हेल्थ सर्भेलेन्स)

प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनर्स्थापनात्मक र प्यालिएटिभ स्वास्थ्य सेवाको सञ्चालन

स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायाम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन

जुनोटिक र किटजन्य रोगको नियन्त्रण तथा व्यवस्थापन

सुर्ति, मदिरा र लागुपदार्थजन्य वस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिवृद्धि

आयुर्वेदिक, युनानी, आम्ची, होमियोप्याथिक, प्राकृतिक चिकित्सा लगायतका परम्परागत स्वास्थ्य उपचार सेवाको व्यवस्थापन

जनस्वास्थ्य, आपत्‌कालिन स्वास्थ्य तथा महामारीको नियन्त्रण, योजना र कार्यान्वयन

सरुवा तथा नसर्ने रोगको नियन्त्रण तथा रोकथाम

आकस्मिक स्वास्थ्य सेवा प्रवाह

खानेपानी व्यवस्थापन

स्थानीय खानेपानी सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

खानेपानी महसुल निर्धारण र खानेपानी सेवा व्यवस्थापन

सार्वजनिक स्थलमा पिउने पानि व्यवस्थापन

स्वच्छ खानेपानी आपूर्ति सम्बन्धी विषय

लैङ्गिक समानता तथा सामाजिक सुरक्षा

समानता

महिला हक सम्बन्धी नीति, योजना, कार्यान्यवन र नियमन

महिलाको आर्थिक, सामाजिक, राजनीतिक, शसक्तिकरण तथा क्षमता विकास

लैङ्गिक हिंसा निवारणको लागि निरोधात्मक, प्रवर्द्धनात्मक, संरक्षणात्मक उपाय र पुनर्स्थापना

लैङ्गिक उत्तरदायी बजेट

बालबालिकाको हक हित संरक्षण सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

बालबालिकाको हक हित संरक्षण

बालमैत्री शासकीय प्रवन्ध, बालक्लब, बाल संरक्षण समिति तथा बाल सञ्जाल

बालबालिकाको हक हित संरक्षण सम्बन्धमा संघ, प्रदेश तथा अन्य निकायसँग सम्पर्क, समन्वय तथा सहकार्य

बालबालिका परिवार सहयोग

वैकल्पिक स्याहार पद्दतिको कार्यान्वयन

बाल न्याय

बाल गृह, पुनर्स्थापना केन्द्र, शिशु स्याहार केन्द्र र बालविकास केन्द्र व्यवस्थापन

असहाय बालबालिका, सडक बालबालिका व्यवस्थापन

बाल हिंसा नियन्त्रण

बालसुधार तथा पुनःस्थापना केन्द्र स्थापना, संचालन अनुमती र नियमन

आपत्‌कालिन बाल उद्वार कोष स्थापना र व्यवस्थापन

युवा जागरण, सशक्तिकरण र परिचालन

युवा सीप, उद्यमशिलता तथा नेतृत्व विकास

नागरिक

ज्येष्ठ नागरिकको लगत, परिचयपत्र, सम्मान, स्वास्थ्य सुविधा, सामाजिक सुरक्षा सम्बन्धी कार्य

ज्येष्ठ नागरिकको क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन

भएका व्यक्ति र एकल महिला

संघ तथा प्रदेससँगको समन्वयमा अपाङ्गता पुनःस्थापना केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन

अपाङ्ग भएका व्यक्ति तथा असहायको लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन तथा वितरण

अपाङ्गता भएका व्यक्तिमैत्री पूर्वाधार निर्माण तथा सञ्चालन

अपाङ्गता भएका व्यक्ति र असक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य

एकल महिला सम्बन्धी कार्य

गैरसरकारी संस्था परिचालन, समन्वय तथा नियमन

स्थानीय  स्तरमा समाज कल्याण सम्बन्धी संघ संस्था (गैरसरकारी, सामाजिक तथा सामुदायिक संघ संस्था) को दर्ता, नवीकरण तथा नियमन

गुठी, कोष तथा अन्य ट्रष्टहरुको व्यवस्थापन

निजी तथा गैरसरकारी क्षेत्रहरुसँग समन्वय र सहकार्य

समन्वय र परिचालन

सामाजिक संघ संस्था सम्बन्धी अन्य विषय

सामाजिक सुरक्षा कार्यक्रम तथा व्यक्तिगत घटना दर्ता

सामाजिक सुरक्षा सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, नियमन र अध्ययन अनुसन्धान

संघ तथा प्रदेशले निर्धारण गरेको मापदण्ड बमोजिम सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन

सामाजिक सुरक्षाको कार्यान्वयनको लागि संघ, प्रदेश र स्थानीय संघ संस्थासँग सम्पर्क, समन्वय र सहकार्य

स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापन तथा आवश्यक तथ्याङ्क संकलन एवं व्यवस्थापन

संस्कृति, सम्पदा, ललितकला तथा पर्यटन प्रवर्द्धन

भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास सम्बन्धी स्थानीय स्तरको नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

पुरातत्व, प्राचीन स्मारक तथा संग्रहालयको संरक्षण, सम्भार, प्रवर्द्धन र विकास

परम्परागत रुपमा चलिआएका जात्रा तथा पर्वको सञ्चालन र व्यवस्थापन

स्थानीय महत्वका धार्मिक तथा साँस्कृतिक सम्पदाको व्यवस्थापन

पर्यटकीय महत्वका स्थल, तथा सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धन

पर्यटन पूर्वाधार विकास तथा प्रोत्साहन

पुरातात्विक, धार्मिक महत्वका सम्पदाहरुको संरक्षण तथा सम्बर्द्धन

भाषा, संस्कृति, जात्रा, पर्व र ललितकलाको संरक्षण, प्रवर्द्धन विकास

योजना, अनुगमन तथा तथ्याङ्क शाखा

योजना तर्जुमा, कार्ययोजना तयारी, उपभोक्ता समिति परिचालन

विकास आयोजना तथा परियोजना सम्बन्धी नीति, कानून, मापदण्ड, योजना र नियमन

स्थानीय विकास नीति, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन विकास योजना तर्जुमा, अनुगमन तथा मूल्याङ्कन

आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरुको तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन

वार्षिक विकास कार्यक्रम, आयोजना तर्जुमा, कार्यान्वयन

विकास निर्माण प्रक्रियामा स्थानीय जनसहभागिता अभिवृद्धिका कार्यक्रम तर्जुमा र कार्यान्वयन

विकास योजनाहरुको वातावरणीय प्रभाव मूल्याङ्कन

उपभोक्ता समितिको विवरण, क्षमता विकास

विकासका प्राथमिकता प्राप्त क्षेत्र निर्धारण

संघीय र प्रादेशिक आयोजना, परियोजना कार्यान्वयनमा समन्वय, सहजीकरण र सहयोग

विकास आयोजना तथा परियोजना सम्बन्धी अन्य कार्य

अनुगमन तथा मूल्याङ्कन

विकास आयोजनाको अनुगमन, आवधिक प्रगति तथा प्रतिफलको समिक्षा

विकास योजनाको अनुगमन तथा मूल्याङ्कनको आधार तथा प्रक्रिया  निर्धारण

आयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन

बिषय क्षेत्रगत नीतिको अनुगमन तथा मूल्याङ्कन

तथ्याङ्क व्यवस्थापन

तथ्याङ्क संकलन, व्यवस्थापन तथा प्रयोग सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन

सूचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन

आधुनिक प्रविधि मार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, वसाईसराई, सम्बन्ध विच्छेद र धर्मपुत्र\धर्मपुत्री), अभिलेख व्यवस्थापन तथा प्रतिवेदन

स्थानीय तथ्याङ्क संकलन, प्रशोधन, अभिलेखीकरण तथा वितरण

आधारभूत तथ्याङ्क, संकलन र व्यवस्थापनः जनसाङ्ख्यिक, प्राकृतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, भौतिक पूर्वाधार, रोजगारीको अवस्था, कुल ग्राहस्थ उत्पादन, प्रति व्यक्ति आय, मानव विकास सूचकांक, राजश्व तथा आय व्यय समेतको संयुक्त तथ्याङ्क संकलन र प्रशोधन गरी सूचना प्रणालीमा आवद्धता र पार्श्चिचित्र तथा स्रोत नक्साको अद्यावद्यिक एवं अभिलेख

बेरोजगारको तथ्याङ्क संकलन

स्थानीय व्यापारको तथ्याङ्क प्रणाली र अध्ययन अनुसन्धान

सामाजिक सुरक्षा सम्बन्धी स्थानीय तथ्याङ्क र सूचना व्यवस्थापन

सम्पन्न भएका तथा चालु योजनाको विवरण

विषय क्षेत्रगत सूचना, तथ्याङ्कको संकलन, अभिलेख

प्रदेश तथा संघसँग तथ्याङ्क एवं सूचना आदान प्रदान र समन्वय

सम्भाव्य प्राकृतिक स्रोत तथा साधनको अभिलेख (प्रोफाईल) व्यवस्थापन

गाउँपालिकाका आवधिक तथा वार्षिक कार्यक्रम र बजेट स्वीकृति

गाउँ कार्यपालिकाले माथि उल्लेखित विषयक्षेत्र समेट्ने गरी आफ्नो आवश्यकता र प्राथमिकता अनुरुप कार्यालय, शाखा वा उपशाखा वा इकाई सहितको प्रशासनिक ढाँचा स्वीकृत गरी लागु गर्न सक्नेछ ।

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.