समाचार
विश्व औँलो दिवस २०८० को अवसरमा किटजन्य रोग सम्बन्धी अन्तर्क्रिया कार्यक्रम
आज विश्व औँलो दिवस ।"शून्य औंलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी" भन्ने नाराका साथ माण्डवी गाउँपालिका, प्यूठानले विश्व औँलो दिवस २०८० को अवसरमा किटजन्य रोग सम्बन्धी अन्तर्क्रिया कार्यक्रम देवीस्थान स्वास्थ्य चौकीको सभाहलमा आयोजना गरी मनाएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतमा संचालन भएको कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे, वडा नं ३ का वडा अध्यक्ष धनेन्द्र कार्की, स्वास्थ्य संस्था , स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ–सस्था, स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, सुरक्षा निकाय, जनप्रतिनिधी, शिक्षक तथा कर्मचारीहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको विषयवस्तु माथि स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सि.अ.हे. व नारायण जी.सी ले गर्नुभएको थियो ।
लामखुट्टेको टोकाईबाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग ’औलो’ विरुद्धको दिवस संसारभर प्रत्येक बर्ष २५ अप्रिलमा मनाइन्छ । यसबारे सचेतनाका लागि आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया (औंलो) दिवस मनाइदै छ।
यसबारे कतिपय विकासोन्मुख देशका नागरिकहरूमा चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या आशा गरे अनुरुप घट्न भने सकेको छैन ।
यसको रोकथाम गर्न समयमा खोप, आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण मानिएकाे छ ।हरेक डिसेम्बरमा मलेरिया पीडितहरुको बारेमा रिर्पोट सार्वजनिक गरिदैँ आएको छ । जसअनुसार सन् २०२२ को डिसेम्बरमा प्रकाशित पछिल्लो विश्व मलेरिया प्रतिवेदन अनुसार २०२१ मा ६ लाख १९ हजारको ज्यान लिएको थियो भने ।
२०२० मा मलेरियाका कारण ६ लाख २५ हजारले ज्यान गुमाएका थिए । सन २०२१ मा २४ करोड ५० लाखलाई मलेरिया (औंलोंं) भएको पुष्टी भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
डब्लुएचओका अनुसार सबैभन्दा बढी अफ्रिकामा मलेरिया संक्रमित भेटिएका थिए । डब्लुएचओका अनुसार ९५ प्रतिशत मलेरिया संक्रमितहरु अफ्रिकामा भेटिएका हुन । मृत्यु भएका मध्ये ५ लाख ९३ हजार सबै अफ्रिकी देशका नागरिक थिए, मलेरियावाट मृत्यु हुनेमा धेरै जसो अर्थात ८० प्रतिशत संक्रमित ५ बर्ष मुनिका बालबालिका थिए ।