समाचार
2081 को SEE नतिजा सुधार कार्ययोजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम
२०८१ को SEE नतिजा सुधार कार्ययोजना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आज माण्डवी गाउँपालिका जस्पुर प्यूठानमा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्यूठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य 'सुवेदी' ,जिल्ला प्रहरी प्रमुख दिपेश वस्याल, प्रमुख अनुसन्धान अधिकृत संजिव कुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी, वडा नं.१ का अध्यक्ष बाम बहादुर बुढा, वडा नं.२ का अध्यक्ष प्रकाश वली,वडा नं.३ का अध्यक्ष धनेन्द्र कार्की, गाउँपालिका भित्रका पाचँ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, गाउँपालिकाका कर्मचारीहरु लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो । छलफल तथा अन्तरक्रियामा कार्यक्रममा गाउँपालिकाको शिक्षा क्षेत्रमा भएका गरेका मुख्य मुख्य कामहरूको बारेमा प्रस्तुतिकरण गरिएको थियो भने प्र.अहरुले शैक्षिक गुणस्तर वृद्धि तथा नतिजा सुधारमा विद्यालयले गरेका मुख्य कार्यहरू र आगामी योजनाहरुको बारेमा आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले शिक्षक,विद्यार्थी,अभिभावक र जनप्रतिनीधि सबैले आफ्नो दायित्व र जिम्मेवारी अनुसार काम गरेमा शिक्षामा सुधार गर्ने सकिने बताईएको छ । साथै नतिजा सुधारमा सरोकारवाला सबैले ध्यान दिनु पर्ने र जिम्मेवारी अनुसारको कामको परिणाम निकाल्न सबै सरोकारवालाहरु लाग्न पर्ने बताइएको छ । शिक्षा शाखा प्रमृुख तुल्सी कार्कीले अन्तरक्रियाको सहजीकरण गर्नु भएको थियो ।