समाचार
फेरि भेटौला कार्यक्रम सम्पन्न
आज मिति २०८० वैशाख ३ गते माण्डवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश पाण्डे ज्यूको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष नमराज अधिकारीज्यूको प्रमुख अतिथि र गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कलाथोकि ज्यूको विशिष्ट आतिथ्यता रोजगार संयोजक भेषराज अधिकारीको "फेरि भेटौला कार्यक्रम" गरी विदाई कार्यक्रम सम्पन्न गरियो ।
गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार सेवा केन्द्रमा रोजगार संयोजक पदमा कार्यरत श्री भेषराज अधिकारी गाउँपालिकामा मिति २०७७ चैत्र २६ देखि २०७९ चैत्र २८ गते सम्म आफ्नो क्षेत्रमा कार्यकुशलताका साथ तोकिएको जिम्मेवारी इमान्दारी एबम् सफलताका साथ कार्य सम्पादन गर्नुभई बसाइको क्रममा बनेको हार्दिकता र सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउदै कुशल कर्मचारीको भूमिका निर्वाह गरी मिति २०७९/१२/२९ देखि स्थायी शिक्षकको रूपमा नियुक्ति भई रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका अन्तर्गतको विद्यालयमा पदस्थापना हुनुभएकोमा यस माण्डवी गाउँपालिका परिवार गाउँपालिका प्रति पुर्याउनुभएको योगदानको उच्च मुल्यांकन र सम्मान व्यक्त गर्दै आगामी दिनमा उत्तरोत्तर प्रगतिको साथै सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछ ।