समाचार
४५ दिने महिला सिपमुलक बुटिक तालिम र ३० दिने मोटर ड्राइभिङ्ग तालिम सम्पन्न
घरेलु तथा साना उद्योग विकास समिति प्यूठानको आयोजना तथा माण्डवी गाउँपालिकाको सह-आयोजनामा "सिप सिकौ आत्मनिर्भर बनौ " भन्ने मूल नाराका साथ ४५ दिने महिला सिपमुलक बुटिक तालिम र ३० दिने मोटर ड्राइभिङ्ग तालिम बुधवार सम्पन्न भएको छ | सिपमुलक तालिम मार्फत व्यवसायिक र आत्मनिर्भर बनाउनको लागि सो तालिमको आयोजना गरिएको हो | सो तालिममा ७ जना पुरुष र १२ जना महिलाहरुको सहभागिता रहेको थियो |
समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष मुगा पुन ज्यूले सिपमुलक तालिमले जीवनस्तर उकास्न सहयोग पुर्याउने बताउनुभयो | कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिसिर रिजाल लगायत अन्य वक्ताले आयमुलक क्षेत्रमा क्षमता अभिवृद्धि तालिम संचालन गर्दै जानुपर्ने धारणा राख्नुभएको थियो |