FAQs Complain Problems

समाचार

ऐतिहासिक उदयपुरकोट दरवार क्षेत्र

Read More

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नवनिर्वाचित जनप्रतिनिधि

Read More

मार्सीबाङ्ग खेलकुद मैदान

Read More

ऐतिहासिक उदयपुरकोट दरवार क्षेत्र

Read More

बंगलाचुली ठुलिलेख पर्यटकीय क्षेत्र

Read More

माण्डवी गाउँपालिका प्यूठान सन्क्षिप्त परिचय

पृष्ठभूमि:

माण्डवी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार प्यूठान जिल्लामा र हाल लुम्बिनी  प्रदेशमा पर्दछ । माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ ।  ११३.०८ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका पश्चिमतर्फ दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । नेपाल सरकारको निर्णयअनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु तिराम (१–४), मर्कावाङ, नयाँगाउँ, रम्दी र उदयपुरकोट गाविसहरु समेटेर माण्डवी गाउँपालिका घोषणा गरीएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या १५८६३ रहेको छ जसमा पुरुषको जनसंख्या  ७०३९ र महिलाको जनसंख्या  ८८२४ रहेको छ । यस गाउँपालिकामा जम्मा घरधुरी ३४६९ र जम्मा परिवार संख्या ३७९४ रहेको छ ।  परिवारको औशत आकार ४.१८, लैंगिक अनुपात ७९.७७ , वार्षिक जनसंख्या वृद्धिदर ०.५०, जनघनत्व १४०, साक्षरता दर (प्रतिशतमा ) ८१.५५ रहेको छ ।

भौगोलिक स्थिति:

माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ४९२ मिटर उँचार्ईदेखि १८८२ मिटर सम्मको उँचाईमा अवस्थित छ । प्यूठान जिल्लामा अवस्थित ११३.०८ व.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका, पश्चिमतिर दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि पछिल्ला वर्षहरुमा बस्ती विकासको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । जंगल र जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकाको परिसरमा सानाठूला गरी धेरै खोला तथा नदीहरु रहेका छन् । 

Pages

जन प्रतिनिधि

अध्यक्ष
9857833007
उपाध्यक्ष
9857821241
प्रवक्ता
9847839234

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857836006
प्रशासकीय अधिकृत (सातौं) /सूचना अधिकारी
9857868028
suchanaadhikari@mandavimun.gov.np

सेवाहरु

सेवा प्रकारः- प्रशासनिक
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.२००
आवश्यक कागजातहरुः- १. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि २. जग्गाधनी प्रमाण पुर्जा ३. आयश्रोत भए आयश्रोत खुल्ने कागजात ४. अन्य आवश्यक कागजात ५. चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ६. सर्जमिन मुचुल्का
सेवा प्रकारः- प्रशासनिक
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.१६०
आवश्यक कागजातहरुः- १. निवेदन पत्र र आमाबुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. विवाहित महिलाको हकमा पति र आमावुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) ५. बिबाहदर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहितको हकमा) ६. बसाईसराइ गरि आएको हकमा बसाईसराइको प्रमाणपत्रको प्रतिलिपि ७. दुवै काँ देखिने पासपोर्ट साइजको फोटो 2 प्रति ८.चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ९. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस १०. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- 1. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 2. बसाईसराइ गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराइको कागजात 3. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नुपर्नेछ 4. बसाईसराइ गरि आउनेको हकमा बसाईसराइ गरि ल्याएको प्रमाणपत्र 5. जाने आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ६. चालु आ.व सम्म घर/जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- 1. निवेदन पत्र 2. अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि 3. पतिपत्नीको नागरिकताको प्रतिलिपि 1/1 प्रति 4. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- 1. निवेदन पत्र 2. दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 3.दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 4. चालु आ.व सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- १. निवेदन २. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र ४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- १. निवेदन पत्र २. वालकको बाबु/आमाको नागरिकता ३. चालु आ.व सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ४. अस्पतालमा जन्म भएको हकमा समन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा 3 दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नाता प्रमाणित को हकमा रु . २५० ,सर्जमिन मुचुल्काका लागि रु. २१० र कर्मचारी फिल्डमा जानुपरेमा रु. ५००
आवश्यक कागजातहरुः- १.) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण २) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भएमा सर्जमिनमा साक्षि बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

जानकारी

//