FAQs Complain Problems

समाचार

माण्डवी गाउँपालिकाको प्रशासकीय भवन

Read More

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नवनिर्वाचित जनप्रतिनिधि

Read More

माण्डवी गाउँपालिका प्यूठान सन्क्षिप्त परिचय

पृष्ठभूमि:

माण्डवी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार प्यूठान जिल्लामा र हाल लुम्बिनी  प्रदेशमा पर्दछ । माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ ।  ११३.०८ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका पश्चिमतर्फ दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । नेपाल सरकारको निर्णयअनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु तिराम (१–४), मर्कावाङ, नयाँगाउँ, रम्दी र उदयपुरकोट गाविसहरु समेटेर माण्डवी गाउँपालिका घोषणा गरीएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या १५८६३ रहेको छ जसमा पुरुषको जनसंख्या  ७०३९ र महिलाको जनसंख्या  ८८२४ रहेको छ । यस गाउँपालिकामा जम्मा घरधुरी ३४६९ र जम्मा परिवार संख्या ३७९४ रहेको छ ।  परिवारको औशत आकार ४.१८, लैंगिक अनुपात ७९.७७ , वार्षिक जनसंख्या वृद्धिदर ०.५०, जनघनत्व १४०, साक्षरता दर (प्रतिशतमा ) ८१.५५ रहेको छ ।

भौगोलिक स्थिति:

माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ४९२ मिटर उँचार्ईदेखि १८८२ मिटर सम्मको उँचाईमा अवस्थित छ । प्यूठान जिल्लामा अवस्थित ११३.०८ व.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका, पश्चिमतिर दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि पछिल्ला वर्षहरुमा बस्ती विकासको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । जंगल र जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकाको परिसरमा सानाठूला गरी धेरै खोला तथा नदीहरु रहेका छन् । 

 

 

 

जन प्रतिनिधि

अध्यक्ष
9857833007
उपाध्यक्ष
9857821241
प्रवक्ता
9847839234

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857836006
अधिकृत छैठौ/सूचना अधिकारी
9866506278
suchanaadhikari@mandavimun.gov.np

सेवाहरु

सेवा प्रकारः- प्रशासनिक
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.२००
आवश्यक कागजातहरुः- १. निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि २. जग्गाधनी प्रमाण पुर्जा ३. आयश्रोत भए आयश्रोत खुल्ने कागजात ४. अन्य आवश्यक कागजात ५. चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ६. सर्जमिन मुचुल्का
सेवा प्रकारः- प्रशासनिक
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु.१६०
आवश्यक कागजातहरुः- १. निवेदन पत्र र आमाबुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि २.जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ३. विवाहित महिलाको हकमा पति र आमावुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ४. चारित्रिक प्रमाणपत्रको प्रतिलिपि(विद्यार्थीको हकमा) ५. बिबाहदर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाहितको हकमा) ६. बसाईसराइ गरि आएको हकमा बसाईसराइको प्रमाणपत्रको प्रतिलिपि ७. दुवै काँ देखिने पासपोर्ट साइजको फोटो 2 प्रति ८.चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ९. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस १०. प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- 1. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 2. बसाईसराइ गरि जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयको बसाईसराइको कागजात 3. जहाँ जाने हो त्यस ठाउँको लालपुर्जा र जुन ठाउमा आउनेको पनि पेश गर्नुपर्नेछ 4. बसाईसराइ गरि आउनेको हकमा बसाईसराइ गरि ल्याएको प्रमाणपत्र 5. जाने आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि ६. चालु आ.व सम्म घर/जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- 1. निवेदन पत्र 2. अदालतबाट सम्बन्धविच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि 3. पतिपत्नीको नागरिकताको प्रतिलिपि 1/1 प्रति 4. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- 1. निवेदन पत्र 2. दुलाहा-दुलहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 3.दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाइको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 4. चालु आ.व सम्मको मालपोत/घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- १. निवेदन २. मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता ३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र ४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र ६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष , वडा सचिव र सम्बन्धित फाँटका कर्मचारीहरु
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु १००
आवश्यक कागजातहरुः- १. निवेदन पत्र २. वालकको बाबु/आमाको नागरिकता ३. चालु आ.व सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ४. अस्पतालमा जन्म भएको हकमा समन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन, सर्जमिनको हकमा बढीमा 3 दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष /वडा सचिव , सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नाता प्रमाणित को हकमा रु . २५० ,सर्जमिन मुचुल्काका लागि रु. २१० र कर्मचारी फिल्डमा जानुपरेमा रु. ५००
आवश्यक कागजातहरुः- १.) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण २) निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३) मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ४) जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि ५) सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भएमा सर्जमिनमा साक्षि बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ६) चालु आ.व सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

जानकारी