FAQs Complain Problems

समाचार

माण्डवी गाउँपालिकाको प्रशासकीय भवन

Read More

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नवनिर्वाचित जनप्रतिनिधि

Read More

माण्डवी गाउँपालिका प्यूठान सन्क्षिप्त परिचय

पृष्ठभूमि:

माण्डवी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार प्यूठान जिल्लामा र हाल लुम्बिनी  प्रदेशमा पर्दछ । माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ ।  ११३.०८ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका पश्चिमतर्फ दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । नेपाल सरकारको निर्णयअनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु तिराम (१–४), मर्कावाङ, नयाँगाउँ, रम्दी र उदयपुरकोट गाविसहरु समेटेर माण्डवी गाउँपालिका घोषणा गरीएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार यस गाउँपालिकाको जनसंख्या १५८६३ रहेको छ जसमा पुरुषको जनसंख्या  ७०३९ र महिलाको जनसंख्या  ८८२४ रहेको छ । यस गाउँपालिकामा जम्मा घरधुरी ३४६९ र जम्मा परिवार संख्या ३७९४ रहेको छ ।  परिवारको औशत आकार ४.१८, लैंगिक अनुपात ७९.७७ , वार्षिक जनसंख्या वृद्धिदर ०.५०, जनघनत्व १४०, साक्षरता दर (प्रतिशतमा ) ८१.५५ रहेको छ ।

भौगोलिक स्थिति:

माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ४९२ मिटर उँचार्ईदेखि १८८२ मिटर सम्मको उँचाईमा अवस्थित छ । प्यूठान जिल्लामा अवस्थित ११३.०८ व.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका, पश्चिमतिर दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् । पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि पछिल्ला वर्षहरुमा बस्ती विकासको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । जंगल र जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकाको परिसरमा सानाठूला गरी धेरै खोला तथा नदीहरु रहेका छन् । 

 

 

 

जन प्रतिनिधि

अध्यक्ष
9857833007
उपाध्यक्ष
9857821241
प्रवक्ता
9847839234

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9857836006
अधिकृत छैठौ/सूचना अधिकारी
9866506278
suchanaadhikari@mandavimun.gov.np

जानकारी